मेचिनगर । झापा जिल्लाको मेचिनगर नगरपालिकाले पालिकाभित्र वैशाख ३ गते स्थानीय सार्वजनिक विदा दिएको छ । मेचे जातिको महान पर्व बैसागु बथरको दिन नगरले स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बैसागु बथरको उपलक्ष्यमा सम्पूर्ण मेचे समुदायमा सुख, शान्ती र समृद्धिको कामना गर्दै मेचिनगर नगरपालिका क्षेत्रभित्र मिति २०८२/०१/०३ गते बुधबारका दिन स्थानीय सार्वजनिक विदा गरेको हो । विदाको दिन नगर कार्यपालिकाको कार्यलय र मातहतका कार्यलयहरु तथा नगर क्षेत्रभित्रका शैक्षिक संस्थाहरुमा अत्यावश्यक सेवा बाहेक स्थानीय सार्वजनिक विदा हुने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस्
Post Views: 161













