मकवानपुर । जिल्ला भलिबल संघ मकवानपुरको आयोजनामा जिल्लास्तरीय भलिबल रेफ्री तालिम सम्पन्न भएको छ ।
शनिबारदेखि आजसम्म हेटौंडा-४ स्थित हुप्रचौरमा भएको तालिममा ८ जिल्लाका ४१ जना सभागी थिए । जसमध्ये ७ जना महिला रहेका छन् । मकवानपुर सहित बारा, पश्चिम रुकुम, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, बैतडी र दोलखाका पूर्वभलिबल खेलाडी तालिममा सहभागी थिए । सहभागीहरुलाई अन्तराष्ट्रिय रेफ्री विजयकृष्ण बाधेले भलिबलको आधारभूत तालिम प्रदान गरेका हुन् ।
तालिममा सहभागी रेफ्रीलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले प्रमाणपत्र प्रदान गर्दै भलिबल राष्ट्रिय खेल भएकाले यसको विकासका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
प्रतिकृया दिनुहोस्
Post Views: 125














