काठमाडौं। कक्षा १२ को परीक्षा सरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि तय भएको परीक्षा सारेर २१ गतेदेखि तय गरेको हो।
शिक्षक आन्दोलनका कारण परीक्षा सम्भव नदेखिएपछि प्रधानमन्त्रीले परीक्षा सार्न निर्देशन दिएका थिए । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक काठमाडौंमा आन्दोलनमा छन् ।
यसैबीच हिजो शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा बुझाएकी थिइन।
प्रतिकृया दिनुहोस्
Post Views: 152














