मनहरी । अखिल (समाजवादी) मकवानपुरले मृतक राम बहादुर मोक्तानको परिवारलाई नगद रु. ४,५०० सहयोग गरेको छ । सोमबार श्रद्धाञ्जली सभाको आयोजना गर्दै संगठनले उक्त सहयोग हस्तान्तरण गरेको हो ।
मनहरी-२, सर्सिधाप निवासी राम बहादुर मोक्तान संगठनका पूर्व जिल्ला सदस्य सुदिप मोक्तानको हजुरबुबा हुन् । वि.सं. १९८५ कार्तिक १५ गते जन्मेका राम बहादुर मोक्तानको ९७ वर्षको उमेरमा वि.सं. २०८२ वैशाख १४ गते निधन भएको थियो । उनको निधन प्रती दुख व्यक्त गर्दै अखिल (समाजवादी) मकवानपुर र नेकपा मनहरी गाउँपालिकाले मृतक राम बहादुर मोक्तानप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
श्रद्धाञ्जली सभाको आयोजना गर्दै अखिल (समाजवादी) का केन्द्रिय सचिवालय सदस्य तथा मकवानपुरका इन्चार्ज एवम् नेकपा मनहरीका सेक्रेटरी सुर्य सीको समन्वयमा घर परिवारलाई नगद रु. ४,५०० सहयोग हस्तान्तरण गरेको छ ।
सहयोग हस्तान्तरण अखिल (समाजवादी) का केन्द्रिय सचिवालय सदस्य विवेक सी र केन्द्रिय सदस्य तथा मकवानपुरका अध्यक्ष सुबास सीको उपस्थितिमा गरेको हो ।















