दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्युरोडस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको छ। आइतबार भएको उक्त कारबाहीमा प्रहरीले ९ जनालाई नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार मिन बहादुर घर्तीको घरमा जुवा खेलिरहेको सूचना पाएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो। सो क्रममा जुवाको खालबाट ४६ हजार ६ सय ४५ रुपैयाँ बरामद भएको छ।
पक्राउ पर्नेहरू दाङ र सल्यानका विभिन्न स्थानका रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ परेका सबैलाई जिल्ला अदालत दाङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 222














