उर्लाबारी। उर्लाबारी नगरपालिकाको रोजगार सेवा केन्द्र र रेमी परियोजनाको संयुक्त आयोजनामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पुनः एकीकरण परियोजना अन्तर्गत नगरस्तरीय सञ्जाल पुनः गठन गरिएको छ।
नगरप्रमुख गंगा खरेलले वैदेशिक रोजगारीका विविध पक्षमा रेमी परियोजनाले जानकारीमूलक तथा प्रभावकारी काम गर्दै आएको बताए। उनले युवाहरूलाई कुलतबाट बचाउन र उद्यममा जोडिन प्रोत्साहन गरिने जानकारी दिए।कार्यक्रममा अध्यक्ष सन्तोष दाहालसहित ११ सदस्यीय समिति गठन गरिएको छ।
कार्यक्रममा भानु पौडेलले सञ्चालन तथा सन्तोष दाहालले स्वागत मन्तव्य दिएका थिए।समिति पुनर्गठनसँगै बिदेश बाट फर्किएकाहरूलाई उद्यमशीलता र आत्मनिर्भर जीवनतर्फ अघि बढाउने कार्य थप सशक्त हुने अध्यक्ष दाहालले बताए ।
प्रतिकृया दिनुहोस्
Post Views: 128













