हेटौंडा। हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडास्थित् सागरपथका बिपन्न दलितहरुलाइ ल्वाटन कुखुराको चल्ला र दाना बितरण गरिएको छ । आस्रय नेपालले हेटौंडा ११नम्बर वडाको आर्थिक सहयोगमा ४० घरधुरीका दलितहरुलाइ चल्ला र दाना बितरण गरेको हो । चल्ला र दाना प्राप्त गरेकाहरुलाइ खाजा समेत खुवाइएको थियो ।

आस्रय नेपालकि अध्यक्ष सुनिता बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । बिपन्न पिछडिएका दलितहरुलाइ आयआर्जनसंग जोडी आर्थिक सबलताको बाटोमा डोर्याउने उदेश्यले कार्यक्रम गरिएको संस्थाकि सचीव मनिषा विश्वकर्माले बताइन् । कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा,सागरपथ टोलबिकास संस्थाका अध्यक्ष सुर्यबहादुर थिङ , सचिव बुद्धिनाथ न्यौपाने लगायतकाको आतिथ्यता रहेको थियो ।
यसैगरी हेटौंडा ११ स्थित सिमलटारका बिपन्न दलितहरूलाई पनि ल्वाटन कुखुराको चल्ला र दाना बितरण गरिएको छ । सिमलटारका २५ घरधुरीलाई चल्ला र दाना बितरण गरिएको हो । ग्रामीण जिवनस्तर सुधार मंच हेटौंडाको आयोजना र वडा ११ को आर्थिक सहयोगमा चल्ला र दाना उपलब्ध गराइएको हो ।

मंचकि अध्यक्ष दुर्गा घोरासाइनीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा , सिमलटार टोलबिकास संस्थाका अध्यक्ष देवकृष्ण थोकर लगायतकाको आतिथ्यता रहेको थियो । चल्ला प्राप्त गर्नेहरुलाइ एक – एक प्याकेट खाजा समेत उपलब्ध गराइएको थियो ।














