Day: २०८२ असार १, आईतवार २३:४६

यस वर्ष बागमती प्रदेश सरकारले कुल ६७ अर्ब बजेट ल्यायो

यस वर्ष बागमती प्रदेश सरकारले कुल ६७ अर्ब बजेट ल्यायो

हेटौंडा। नयाँ आर्थिक वर्ष लक्षित गरी बागमती प्रदेश सरकारले यस वर्ष २०८२/८३ को लागि भनेर करिब ६७ अर्ब रुपैयाँ बराबर बजेट सार्वजनिक गरेको छ। आज (आइतबार) रातको ८ बजेदेखि सुरु भएको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले नयाँ आर्थिक बजेट अन्तर्गत ६७ अर्ब ४७ करोड ७३ लाख ३७ हजार बराबरको २०८२/८३ को लागि विनियोजन भएको बजेट सार्वजनिक गराएका हुन्। यस वर्ष बजेटमा चालु खर्चतर्फ बागमती प्रदेशले २६ अर्ब ४ करोड ४६ लाख र पुँजीगत खर्चका लागि ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ नयाँ बजेट विनियोजन गरिएको छ। प्रदेश सरकारले यस वर्ष खर्च बेहोर्ने स्रोतमा कर राजस्वबाट करिब…
Read More
पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य दरमा निगमले मूल्य बढायो

पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य दरमा निगमले मूल्य बढायो

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम,डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले आज एक प्रेस विज्ञप्ति मार्फत पेट्रोलमा १ रुपैयाँ र डिजेल र मट्टी तेलमा २ रुपैयाँका दर मूल्य बढाइएको जानकारी गराएको हो। निगमले सार्वजनिक गरेको मूल्य दर अनुसार अब पेट्रोल प्रति लिटर १६० र डिजेल तथा मट्टीतेल प्रति लिटर १४५ रुपैयाँ कायम भएको छ। वृद्धि भएको मूल्य भने आजै राति १२ बजेबाट लागु हुने निगमले जानकारी दिएको छ। हेर्नुहोस् निगमबाट सार्वजनिक गरिएको नयाँ पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य दर ! 
Read More
हेटौडा ११ का बिपन्न दलितहरुलाइ ल्वाटन कुखुराको चल्ला र दाना बितरण

हेटौडा ११ का बिपन्न दलितहरुलाइ ल्वाटन कुखुराको चल्ला र दाना बितरण

हेटौंडा। हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडास्थित् सागरपथका बिपन्न दलितहरुलाइ ल्वाटन कुखुराको चल्ला र दाना बितरण गरिएको छ । आस्रय नेपालले हेटौंडा ११नम्बर वडाको आर्थिक सहयोगमा ४० घरधुरीका दलितहरुलाइ चल्ला र दाना बितरण गरेको हो । चल्ला र दाना प्राप्त गरेकाहरुलाइ खाजा समेत खुवाइएको थियो । आस्रय नेपालकि अध्यक्ष सुनिता बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । बिपन्न पिछडिएका दलितहरुलाइ आयआर्जनसंग जोडी आर्थिक सबलताको बाटोमा डोर्‍याउने उदेश्यले कार्यक्रम गरिएको संस्थाकि सचीव मनिषा विश्वकर्माले बताइन् । कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा,सागरपथ टोलबिकास संस्थाका अध्यक्ष सुर्यबहादुर थिङ , सचिव बुद्धिनाथ न्यौपाने लगायतकाको आतिथ्यता रहेको थियो । यसैगरी…
Read More
दृष्टिविहीनका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, ‘स्वाभिमान बचत खाता’ को सुरुवात

दृष्टिविहीनका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, ‘स्वाभिमान बचत खाता’ को सुरुवात

काठमाडौँ। सर्वोदय समावेशी अक्षर र अनुसन्धान संस्थाले दृष्टिविहीन व्यक्तिहरूका लागि लक्षित वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। हिजो (जेठ) ३१ गते, शनिबार) धुम्बाराहीस्थित नेसनल कलेजमा आयोजित उक्त कार्यक्रममा कामना सेवा विकास बैंकले समन्वय गरेको थियो। कार्यक्रममा कामना सेवा विकास बैंकका सियासार विभाग प्रमुख सुशील पौडेलले सहजकर्ताको भूमिका निभाउँदै वित्तीय साक्षरताका विभिन्न पक्षहरूमाथि प्रकाश पारेका थिए। यस कार्यक्रमको मुख्य आकर्षण नेपालमै पहिलोपटक कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरूका लागि ल्याएको 'लक्षित स्वाभिमान बचत खाता' बारे विस्तृत जानकारी गराउनु थियो। सो अवसरमा उपस्थित थुप्रै दृष्टिविहीन व्यक्तिहरूले उक्त 'लक्षित स्वाभिमान बचत खाता' खोलेका थिए, जसले उनीहरूमा वित्तीय पहुँच अभिवृद्धि गर्न सहयोग पुग्ने…
Read More
आज सुनको भाउ तोलामा ४ सयले वृद्धि,चाँदीको भाउ भने स्थिर

आज सुनको भाउ तोलामा ४ सयले वृद्धि,चाँदीको भाउ भने स्थिर

काठमाडौँ। नेपाली सुनचाँदी बजारमा आज भने सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ। जसअनुसार सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ५ सय रुपैयाँ हुन पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबारसम्म सुनको भाउ तोलामा १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो। आज चाँदीको कारोबारमा भने कुनै पनि रकम घडबढ भएको छैन। चाँदीको भाउ स्थिर नै रहेको छ। चाँदी आज प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.