काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम,डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले आज एक प्रेस विज्ञप्ति मार्फत पेट्रोलमा १ रुपैयाँ र डिजेल र मट्टी तेलमा २ रुपैयाँका दर मूल्य बढाइएको जानकारी गराएको हो।
निगमले सार्वजनिक गरेको मूल्य दर अनुसार अब पेट्रोल प्रति लिटर १६० र डिजेल तथा मट्टीतेल प्रति लिटर १४५ रुपैयाँ कायम भएको छ।
वृद्धि भएको मूल्य भने आजै राति १२ बजेबाट लागु हुने निगमले जानकारी दिएको छ।
हेर्नुहोस् निगमबाट सार्वजनिक गरिएको नयाँ पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य दर !

प्रतिकृया दिनुहोस्
Post Views: 284














