सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन्।

यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।
मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त हुनुमा नाउपाकै एक सांसद कैलाश चौधरीको भूमिका महत्त्वपूर्ण रह्यो।

नाउपाका कुल सात सांसदमध्ये छवटा सांसद प्रदेश सभामा अनुपस्थित रहे पनि चौधरीले भने मुख्यमन्त्री शाहको पक्षमा मतदान गरेका थिए।
मुख्यमन्त्री शाहको पक्षमा नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ मत पनि परेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.