‘देश चलाउने काम ख्यालठट्टा होइन’ : ओलीको चेतावनी, संसद् फिर्ता र पासपोर्ट रोकप्रति आपत्ति

भक्तपुर, अशोज २३ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेर उपत्यका छाड्न रोक लगाएको विषयमा तीव्र आपत्ति जनाएका छन्। उनले गृहमन्त्री ओमप्रसाद अर्याललाई धेरै नउताउलिन चेतावनी दिँदै आफू ‘प्रधानमन्त्री सुशीला कार्कीझैं डराएर नभाग्ने’ बताएका छन्।

भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले देश चलाउने काम कुनै ख्यालठट्टा होइन भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्। उनले असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् तत्काल फिर्ता गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेसले पनि यही बाटोमा लाग्नुपर्ने सुझाव दिएका छन्।

ओलीले आफूलाई पक्राउ गर्ने तयारी, पासपोर्ट रोक्ने निर्णय र उपत्यका बाहिर जान नदिने जस्ता गतिविधिहरू कानून विपरीत भएको टिप्पणी गरेका छन्। उनका अनुसार, यस्तो व्यवहारले लोकतन्त्रको मर्ममाथि आघात पुगिरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.