Day: २०८२ आश्विन २३, बिहीबार २३:२६

गाँजा सेवनको आरोप अस्वीकार गर्दै अभियान्ता निकोलस भुसालको प्रतिक्रिया : ‘मिडियाले हालेको समाचार पूर्णतः झूटो’

गाँजा सेवनको आरोप अस्वीकार गर्दै अभियान्ता निकोलस भुसालको प्रतिक्रिया : ‘मिडियाले हालेको समाचार पूर्णतः झूटो’

काठमाडौँ, अशोज २३ गते । माइतीघरमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गरेका अभियान्ता डा. निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको भन्ने समाचार बाहिरिएपछि उनले सो दाबीलाई अस्वीकार गरेका छन्। केही सञ्चारमाध्यमहरूले भुसाललाई ‘गाँजा सेवन गरेको पाइएपछि सुधार केन्द्र पठाइएको’ भनेर समाचार प्रसारण गरेपछि उनले सामाजिक सञ्जालमार्फत् प्रतिवाद गरेका हुन्। भुसालले अनलाइन लाइभ मार्फत् प्रतिक्रिया दिँदै भने, “मलाई गाँजा सेवन गरेको भनेर हल्ला फैलाइएको समाचार पूर्णतः झूटो हो। ती ठूला भनिएका पत्रकारहरूले प्रचार गरेको कुरा सत्य होइन।” उनका अनुसार आफूलाई शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको कारण मात्र पक्राउ गरिएको हो, नकि मादक पदार्थ सेवनको कारण। यसअघि माइतीघर मण्डलामा भएको प्रदर्शनका क्रममा…
Read More
आगलागीले ध्वस्त कृषि विकास कार्यालय चितवनको मन्त्री पौडेलद्वारा स्थलगत निरीक्षण, चाँडै पुनःसञ्चालनको प्रतिबद्धता

आगलागीले ध्वस्त कृषि विकास कार्यालय चितवनको मन्त्री पौडेलद्वारा स्थलगत निरीक्षण, चाँडै पुनःसञ्चालनको प्रतिबद्धता

चितवन, अशोज २३ गते । जेनजी आन्दोलनका क्रममा आगलागी भई ध्वस्त बनेको चितवनस्थित कृषि विकास कार्यालयको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले स्थलगत निरीक्षण गरेका छन् । बिहीबार मन्त्री पौडेलले आन्दोलनका क्रममा आन्दोलनकारीले जलाएका कृषि मन्त्रालय मातहत रहेको कृषि विकास कार्यालय चितवनको अवलोकन गर्दै कार्यालय पुनःसञ्चालनका लागि आवश्यक व्यवस्थापनका कार्यहरू तत्काल अघि बढाउने प्रतिबद्धता जनाएका छन् । निरीक्षणका क्रममा मन्त्री पौडेलले भने, “राज्यका सार्वजनिक सम्पत्तिमाथि यसरी तोडफोड र आगजनी हुनु दुःखद कुरा हो। हामी तत्काल मर्मत, रंगरोगन, फर्निचर, कम्प्युटर तथा अन्य आवश्यक सामग्रीको व्यवस्था गरेर चाँडै कार्यालयलाई सामान्य अवस्थामा ल्याउँछौं।” आगलागीबाट करिब १ करोड २६ लाख रुपैयाँ…
Read More
प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतलनिवासमा भेट, समसामयिक राजनीतिक विषयमा छलफल

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतलनिवासमा भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं, अशोज २३ गते । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेकी छन्। मन्त्रिपरिषद्को बैठक सम्पन्न भएपछि प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटघाट गरेकी हुन्। भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्थासँगै आगामी निर्वाचनका तयारी तथा अन्य समसामयिक विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। सरकारका हालका निर्णयहरू, निर्वाचन प्रक्रिया र राजनीतिक दलबीचको सहकार्यका विषयमा समेत छलफल केन्द्रित रहेको बताइएको छ। राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो भेट मुलुकको वर्तमान राजनीतिक गतिशीलताको पृष्ठभूमिमा महत्वपूर्ण मानिएको छ।
Read More
मकवानपुरमा हर्क साम्पाङ र रेभुलेसन श्रम संस्कृतिलाई दाता किसोर राणाको सहयोग

मकवानपुरमा हर्क साम्पाङ र रेभुलेसन श्रम संस्कृतिलाई दाता किसोर राणाको सहयोग

मकवानपुर, अशोज २३ गते । हर्क साम्पाङ र रेभुलेसन श्रम संस्कृतिलाई सहयोगी दाता किसोर राणाले आर्थिक सहयोग प्रदान गरेका छन्। संस्थापक सदस्य सुन्दर लामाका अनुसार उक्त सहयोग मकवानपुरमा जारी श्रम र माटोसँग जोडिएको अभियानलाई थप हौसला र प्रेरणा दिने उद्देश्यले गरिएको हो। देशको विकास श्रम, इमान र माटोसँग जोडिनु पर्ने विचारका साथ हर्क साम्पाङ नेतृत्वको अभियानले पछिल्लो समयमा मकवानपुरमा विभिन्न श्रम–आधारित गतिविधिहरू अघि बढाइरहेको छ। यस क्रममा किसोर राणाको सहयोगले अभियानलाई थप गति प्रदान गर्ने विश्वास संस्थापक सदस्य लामाले व्यक्त गरेका छन्। मकवानपुर जिल्ला प्रतिनिधित्व गर्दै अघि बढिरहेको रेभुलेसन श्रम संस्कृति पार्टीका कार्यकर्ताले पनि उक्त सहयोगलाई सकारात्मक रूपमा लिएका छन्।…
Read More
‘देश चलाउने काम ख्यालठट्टा होइन’ : ओलीको चेतावनी, संसद् फिर्ता र पासपोर्ट रोकप्रति आपत्ति

‘देश चलाउने काम ख्यालठट्टा होइन’ : ओलीको चेतावनी, संसद् फिर्ता र पासपोर्ट रोकप्रति आपत्ति

भक्तपुर, अशोज २३ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेर उपत्यका छाड्न रोक लगाएको विषयमा तीव्र आपत्ति जनाएका छन्। उनले गृहमन्त्री ओमप्रसाद अर्याललाई धेरै नउताउलिन चेतावनी दिँदै आफू ‘प्रधानमन्त्री सुशीला कार्कीझैं डराएर नभाग्ने’ बताएका छन्। भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले देश चलाउने काम कुनै ख्यालठट्टा होइन भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्। उनले असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् तत्काल फिर्ता गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेसले पनि यही बाटोमा लाग्नुपर्ने सुझाव दिएका छन्। ओलीले आफूलाई पक्राउ गर्ने तयारी, पासपोर्ट रोक्ने निर्णय र उपत्यका बाहिर जान नदिने जस्ता गतिविधिहरू कानून विपरीत भएको टिप्पणी गरेका छन्। उनका…
Read More
हेटौंडामा स्व. रामबहादुर पुलामी मगरको छैठौं दिनमा नेकपा (माओवादी केन्द्र) द्वारा श्रद्धाञ्जली अर्पण

हेटौंडामा स्व. रामबहादुर पुलामी मगरको छैठौं दिनमा नेकपा (माओवादी केन्द्र) द्वारा श्रद्धाञ्जली अर्पण

हेटौंडा, अशोज २३ गते । नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगर समितिले नगर समिति सदस्य कमरेड रामकुमार पुलामी मगरका पुजनीय पिता स्वर्गीय रामबहादुर पुलामी मगरको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरेको छ। आज २३ असोज २०८२ गते हेटौंडा–१४ नयाँ बस्तीस्थित स्वर्गीय पुलामी मगरको आफ्नै निवासमा आयोजना गरिएको भेटघाट कार्यक्रममा सहसचिव कमरेड चमेली माया सिजाली मगरको उपस्थितिमा १ मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रममा पार्टीका स्थानीय नेताहरू, कार्यकर्ताहरू र समाजका अग्रजहरूको सहभागिता रहेको थियो। उपस्थित वक्ताहरूले स्व. पुलामी मगरको योगदान र अनुशासनपूर्ण जीवनशैलीको सम्झना गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका थिए। यस अवसरमा माओवादी केन्द्रका तर्फबाट स्व. पुलामी मगरको आत्माको चिरशान्तिको…
Read More
Gen–Z का मागबारे आन्दोलन तयारी : माइतीघरमा प्रहरी निगरानी कडा, कैयौँ प्रदर्शनकारी पक्राउ

Gen–Z का मागबारे आन्दोलन तयारी : माइतीघरमा प्रहरी निगरानी कडा, कैयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं, अ्शोज २३ गते । Gen–Z का नाममा विभिन्न समूहले आन्दोलनको तयारी गरिरहेका संकेतसँगै काठमाडौंमा सुरक्षा निगरानी कडा गरिएको छ। विशेषगरी प्रदर्शनको केन्द्रबिन्दु मानिने माइतीघर मण्डलामा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। Gen–Z का मागहरू सम्बोधन नभएको भन्दै प्रदर्शनमा सहभागी हुन पुगेका युवाहरूमाथि प्रहरीले नियन्त्रण कडा बनाएको छ। आज माइतीघर क्षेत्रमा प्रदर्शनका लागि आएका केही युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, अनधिकृत रूपमा भेला भई प्रदर्शन गर्न खोज्नेहरूलाई रोकथामका लागि निगरानी बढाइएको हो। यसअघि पनि Gen–Z समूहका युवाहरूले सामाजिक सञ्जालमार्फत विभिन्न माग राख्दै आन्दोलनको चेतावनी दिएका थिए। माइतीघर क्षेत्रमा निरन्तर भइरहेको प्रहरी उपस्थिति र निगरानीका कारण प्रदर्शनकारीहरूलाई गतिविधि सञ्चालन…
Read More
माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसालसहित १५ भन्दा बढी युवा पक्राउ

माइतीघरमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसालसहित १५ भन्दा बढी युवा पक्राउ

काठमाडौं, अ्शोज २३ गते । राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसालसहित १५ भन्दा बढी युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘जेनजीको माग’ सम्बोधन नभएको भन्दै भुसालसहित युवाहरू माइतीघरमा प्रदर्शनका लागि पुगेका थिए। तर, माइतीघर क्षेत्र संवेदनशील क्षेत्रको सूचीमा परेकाले पूर्वसूचना बिना प्रदर्शन गर्न नपाइने भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रदर्शनमा सहभागी युवाहरूले सरकारले युवाका मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै शान्तिपूर्ण रूपमा आफ्नो आवाज उठाउन खोजेको बताएका छन्। यता प्रहरीले भने कानून विपरीतको जमघट रोक्न कदम चालिएको जनाएको छ। नियन्त्रणमा परेकाहरूलाई सोधपुछका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा लगिएको छ। घटनासम्बन्धी थप विवरण प्रहरीले सार्वजनिक गरेको छैन।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.