आगलागीले ध्वस्त कृषि विकास कार्यालय चितवनको मन्त्री पौडेलद्वारा स्थलगत निरीक्षण, चाँडै पुनःसञ्चालनको प्रतिबद्धता

चितवन, अशोज २३ गते । जेनजी आन्दोलनका क्रममा आगलागी भई ध्वस्त बनेको चितवनस्थित कृषि विकास कार्यालयको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले स्थलगत निरीक्षण गरेका छन् ।

बिहीबार मन्त्री पौडेलले आन्दोलनका क्रममा आन्दोलनकारीले जलाएका कृषि मन्त्रालय मातहत रहेको कृषि विकास कार्यालय चितवनको अवलोकन गर्दै कार्यालय पुनःसञ्चालनका लागि आवश्यक व्यवस्थापनका कार्यहरू तत्काल अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

निरीक्षणका क्रममा मन्त्री पौडेलले भने, “राज्यका सार्वजनिक सम्पत्तिमाथि यसरी तोडफोड र आगजनी हुनु दुःखद कुरा हो। हामी तत्काल मर्मत, रंगरोगन, फर्निचर, कम्प्युटर तथा अन्य आवश्यक सामग्रीको व्यवस्था गरेर चाँडै कार्यालयलाई सामान्य अवस्थामा ल्याउँछौं।”

आगलागीबाट करिब १ करोड २६ लाख रुपैयाँ बराबरको क्षति भएको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले बताए । दुई वटा चारपाङ्ग्रे गाडी, सात वटा मोटरसाइकल र १२ सेट कम्प्युटर जल्नुका साथै कार्यालयको दुई कोठा पूर्णरूपमा नष्ट भएको छ ।

कँडेलका अनुसार हाल जलेकै भवनको एउटा कोठाबाट अस्थायी रूपमा कार्यालय सञ्चालन भइरहेको छ। तालुक निकायबाट काम गर्ने आधिकारिक अनुमति प्राप्त भए तिहारलगत्तै कार्यालय पूर्णरूपमा सञ्चालनमा आउने तयारी भइरहेको उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

आगलागीले ध्वस्त कृषि विकास कार्यालय चितवनको मन्त्री पौडेलद्वारा स्थलगत निरीक्षण, चाँडै पुनःसञ्चालनको प्रतिबद्धता

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

आगलागीले ध्वस्त कृषि विकास कार्यालय चितवनको मन्त्री पौडेलद्वारा स्थलगत निरीक्षण, चाँडै पुनःसञ्चालनको प्रतिबद्धता

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

आगलागीले ध्वस्त कृषि विकास कार्यालय चितवनको मन्त्री पौडेलद्वारा स्थलगत निरीक्षण, चाँडै पुनःसञ्चालनको प्रतिबद्धता

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

आगलागीले ध्वस्त कृषि विकास कार्यालय चितवनको मन्त्री पौडेलद्वारा स्थलगत निरीक्षण, चाँडै पुनःसञ्चालनको प्रतिबद्धता

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

आगलागीले ध्वस्त कृषि विकास कार्यालय चितवनको मन्त्री पौडेलद्वारा स्थलगत निरीक्षण, चाँडै पुनःसञ्चालनको प्रतिबद्धता

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

आगलागीले ध्वस्त कृषि विकास कार्यालय चितवनको मन्त्री पौडेलद्वारा स्थलगत निरीक्षण, चाँडै पुनःसञ्चालनको प्रतिबद्धता

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.