मनहरीमा हर्क साम्पाङ नेतृत्वको अ रेभुलेसन श्रम संस्कृति पार्टीको संगठन विस्तार, पवन कुमार मोक्तान संयोजक चयन

मकवानपुर, मनहरी, अशोज ३० गते । हर्क साम्पाङ नेतृत्वको अ रेभुलेसन श्रम संस्कृति पार्टीले मनहरी गाउँपालिकामा आफ्नो संगठन विस्तार गरेको छ। आज नै संगठनले पवन कुमार मोक्तानको संयोजकत्वमा ११ सदस्यीय संगठन बिस्तार गरिएको पार्टीले जनाएको छ।

नवगठित संयोजक पवन कुमार मोक्तानले कार्यक्रममा देशलाई विकासको बाटोमा अघि बढाउन अबको विकल्प हर्क साम्पाङ र श्रम आधारित अभियान नै भएको बताएका छन्। उनले भने, “यदि सिङ्गो देश निर्माण गर्नुछ भने माटोसँग खेल्न सक्नुपर्छ। श्रम अभियान अबको विकल्प देशको निर्धारण हो।”

कार्यक्रममा उपस्थित पार्टीका केन्द्रीय संस्थापक सदस्य सुन्दर लामाले संयोजक मोक्तानलाई बधाई दिँदै आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे। उनले भने, “देशको इमानदार नेतृत्वको निम्ति संयोजकको जिम्मेवारी मुलुक र जनताको हक हित चिताई नेतृत्व गर्न हुन्छ भन्ने पूर्ण विश्वासका साथ शुभकामना दिन्छु।”

साथै अन्य संस्थापक केन्द्रीय सदस्यहरूमा जनजीत तामाङ,मन्दिरा मोक्तान र जिल्ला संयोजक योनेश लामा लगायतका व्यक्तिहरुद्वारा पनि संयोजक मोक्तानलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। अ रेभुलेसन श्रम संस्कृति पार्टीले हाल यस जिल्लागत बिभिन्न स्थानहरु संगठन विस्तार अभियानलाई तीव्रता दिएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.