हेटौँडा, मंसिर ३ गते । सामाजिक प्रयोगकर्ता आसबहादुर भ्लोनले वर्तमान राजनीतिक व्यवहारप्रति असन्तोष व्यक्त गर्दै विकास र समुदायसँग सम्बन्धित मुद्दामा पार्टीगत सोच हटाउन सबैलाई आग्रह गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जालमार्फत हालको परिस्थितिको यथार्थता प्रतिबिम्बित हुने स्टाटस शेयर गर्दै स्थानीय विकासका विषयलाई राजनीतिक रंगमा नपुर्याउनुपर्ने धारणा राखेका हुन्।
भ्लोनले समाजमा “यो पार्टी–त्यो पार्टी” भन्ने विभाजनकारी सोचले वास्तविक विकासका काम कमजोर बनाएको उल्लेख गर्दै आफू कुनै पनि दलमा आबद्ध नभए पनि गाउँ–ठाउँका विकास तथा निर्माण कार्यमा सहयोग आवश्यक परे आफू सधैं तयार रहने स्पष्ट गरेका छन्।
उनका अनुसार, स्थानीयस्तरमा हुने विकासका कामलाई राजनीतिक स्वार्थभन्दा माथि राख्न सके मात्र समुदायले प्रत्यक्ष फाइदा पाउनेछ। भ्लोनले सबै राजनीतिक दलका प्रतिनिधिहरूलाई पनि जनताको हितलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
उनको यस्तो स्टाटसले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ । धेरै प्रयोगकर्ताहरूले स्थानीय विकास पार्टीभन्दा महत्वपूर्ण रहेको भन्दै उनको पक्षमा प्रतिक्रिया दिएका छन्।














