झापामा माईखोला–सरदारेखोलाको दोभानमा वृद्धा महिलाको शव फेला

झापा, मंसिर २४ गते । शिवसताक्षी नगरपालिकामा एक वृद्धा महिलाको शव खोलामा घोप्टो परेको अवस्थामा फेला परेको छ।

शिवसताक्षी–१० स्थित माईखोला र सरदारेखोलाको दोभान नजिक स्थानीय जीवनटोल निवासी करिब ६२ वर्षीया बिमला माझीको शव भेटिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ।

घटनाबारे सूचना पाएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धान सम्पन्न गरेपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि आम्दा अस्पताल दमक पठाइएको प्रहरीले जनाएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

झापामा माईखोला–सरदारेखोलाको दोभानमा वृद्धा महिलाको शव फेला

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

झापामा माईखोला–सरदारेखोलाको दोभानमा वृद्धा महिलाको शव फेला

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

झापामा माईखोला–सरदारेखोलाको दोभानमा वृद्धा महिलाको शव फेला

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

झापामा माईखोला–सरदारेखोलाको दोभानमा वृद्धा महिलाको शव फेला

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

झापामा माईखोला–सरदारेखोलाको दोभानमा वृद्धा महिलाको शव फेला

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

झापामा माईखोला–सरदारेखोलाको दोभानमा वृद्धा महिलाको शव फेला

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.