कैलाश गाउँपालिका,पुस ४ गते । कैलाश गाउँपालिका, कालिकाटारले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस डेको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै गाउँपालिकाभित्र तीन दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानद्वारा जारी शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरिएको छ। साथै यस्ता धार्मिक चाडपर्वले समुदायमा आपसी सद्भाव, सहिष्णुता, सामाजिक एकता र भातृत्वको भावना अभिवृद्धि गर्दै शान्त, समुन्नत र समृद्ध कैलाश निर्माणमा प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।
यसै अवसरमा कैलाश गाउँपालिकाले मिति २०८२ साल पौष १०, ११ र १२ गते (तदनुसार सन् २०२५ डिसेम्बर २५, २६ र २७) तीन दिन गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्थाहरू बन्द रहने जानकारी दिएको छ।
अध्यक्ष मोक्तानले विविध धार्मिक तथा सांस्कृतिक उत्सवले दिगो शान्ति प्रवर्द्धन र समुन्नत कैलाश निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै पुनः क्रिसमस डेको शुभकामना दिएका छन्।














