चन्द्रपुरको बालचनपुरमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक गम्भीर

photo by Randhir Shah

चन्द्रपुर, पुस ७ गते । हिजो साँझ रौतहटको चन्द्रपुर नगरपालिका–अन्तर्गत बालचनपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट जिल्ला गढीमाई नगरपालिका–४ सुन्दरपुर निवासी बिसुनदयाल साहका छोरा अन्दाजी ५० वर्षीय प्रमोद साह कानु रहेको पहिचान खुलेको छ।

उक्त मोटरसाइकलको पछाडि सवार सोही स्थानका ६५ वर्षीय जोगेन्द्र हजारा पासवानको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते पासवानको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख डीएसपी रुपा लाबुङले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान कार्य भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.