हेटौंडा, पुस १० गते । देशभर संघको चुनावको तयारी तीव्र बन्दै गएको बेला सम्भावित आर्थिक चलखेल र भोट किनबेचप्रति सचेत रहन श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले आम नागरिकलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस सार्वजनिक गर्दै लामाले अहिले विभिन्न राजनीतिक दलको नाममा अवसरवाद हावी हुँदै आर्थिक चलखेलमार्फत मत प्रभावित पार्ने प्रयास हुन सक्ने खतरा औँल्याएका हुन । उनले यस्तो गतिविधि देखिए वा त्यसबारे सूचना प्राप्त भएमा सार्वजनिक गर्न सबैसँग अनुरोध गरेको छ ।
लामाले भ्रष्टाचारलाई राष्ट्रको शत्रुको संज्ञा दिँदै यस्ता गतिविधि देख्दा पनि मौन बस्नु राष्ट्रघाती कार्य हुने उल्लेख गरे्को छ । अबको चुनावमा कसैको एक रुपैयाँ पनि नलिई असल, योग्य र इमानदार व्यक्तिलाई समर्थन गर्नु नागरिकको दायित्व भएको उनको भनाइ छ ।
उनले उम्मेदवारको पार्टीभन्दा पनि व्यक्तित्व, नैतिकता र क्षमतालाई मध्यनजर गर्दै आफ्नै विवेक प्रयोग गरी मताधिकारको उपयोग गर्न सबै मतदातासँग आग्रह गरेका छन् ।














