Day: २०८२ पुष १०, बिहीबार २१:३८

अन्यायसँग सम्झौता होइन, अन्तरमनको आवाज उठाउने साहस नै परिवर्तनको बाटो : विशाल राज महत

अन्यायसँग सम्झौता होइन, अन्तरमनको आवाज उठाउने साहस नै परिवर्तनको बाटो : विशाल राज महत

हेटौंडा,पुस १० गते । सेवा, सहयोग र आवाजमार्फत सामाजिक परिवर्तनको पक्षमा निरन्तर सक्रिय रहँदै आएका हाम्रो अभियानका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले समाजमा देखिने आलोचनाभन्दा चेतावनी र खबरदारीको भूमिकालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो स्टाटसमा महतले विद्वानको भीड र आत्मकेन्द्रित प्रवृत्तिबीच सत्य र न्यायको पक्षमा उभिनु सजिलो नभएको उल्लेख गरेका छन्। सुझाव र आलोचना गर्न सहज भए पनि प्रत्येक कदममा चुनौतीसँग जुध्दै खबरदारी गर्ने व्यक्ति नै वास्तविक परिवर्तनकर्मी हुने उनको भनाइ छ। उनले आफ्नो यात्रा ताली, प्रशंसा वा प्रमाणपत्रको प्रतीक्षाका लागि नभई अन्तरमनको आत्मसन्तुष्टि र परिवर्तन चाहने चेतनाको आवाज भएको स्पष्ट पारेका…
Read More
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा

जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा

ललितपुर, पुस १० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालमा आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा पार्टीले ठूलो झट्का व्यहोर्नु परेको छ। केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा केन्द्रीय, प्रदेश, जिल्ला, नगरपालिका तथा विभिन्न भ्रातृ सङ्गठनमा आवद्ध सयौं नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। संघीय समाजवादी फोरम स्थापनाकालदेखि निरन्तर पार्टीमा सक्रिय रहँदै आएका उनीहरूले जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा राजिनामा पत्र बुझाउँदै आजको मितिदेखि साधारण सदस्य समेत नरहने घोषणा गरेका हुन्। राजिनामा पत्रमा उल्लेख भएअनुसार २०८२ साल भदौ २३ र २४ गते देखिएको ‘जेन जि आन्दोलन’ले नेपालको राजनीतिक धरातलमा गहिरो प्रश्न उठाएको भए पनि पार्टी नेतृत्वले त्यसको मर्मअनुसार…
Read More
स्वतन्त्रको खोजी दलमै टुंगिन्छ, विकल्प एमाले नै पुष्टि भएको छ : वडाध्यक्ष सिग्देल

स्वतन्त्रको खोजी दलमै टुंगिन्छ, विकल्प एमाले नै पुष्टि भएको छ : वडाध्यक्ष सिग्देल

हेटौंडा, पुस १० गते । हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा नेकपा एमालेका नेता एवं केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले स्वतन्त्रको नाममा राजनीति गर्नेहरू अन्ततः दलमै फर्कन बाध्य हुने धारणा व्यक्त गरेको छ । आफ्नो सामाजिक सञ्जालमा स्टाटस सार्वजनिक गर्दै सिग्देलले दलको विकल्प दल नै हुने तथ्य हालको राजनीतिक गतिविधिले पुष्टि गरिसकेको बताएको हो । उनका अनुसार दल नयाँ वा पुरानो भन्ने विषयभन्दा पनि दर्शन, नीति–कार्यक्रम, नेतृत्वको क्षमता र कार्यशैली नै निर्णायक हुने गर्दछ । देशमा विशेष परिस्थितिपछि देखिएको व्यापक राजनीतिक क्रियाकलाप, जनप्रदर्शन तथा महाधिवेशनहरूमा देखिएको जनसहभागिताले नेकपा एमाले नै अब्बल विकल्पका रूपमा स्थापित भएको उनको भनाइ…
Read More
हेटौंडा–४ मा नगरस्तरीय ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सुरु

हेटौंडा–४ मा नगरस्तरीय ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सुरु

हेटौंडा, पुस १० गते । “हाम्रो प्रतिबद्धता, शिक्षा र खेलकुदमा प्राथमिकता” भन्ने मूल नाराका साथ हेटौंडा उपमहानगरपालिका–४ मा नगरस्तरीय विद्यालय ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को संयोजन तथा श्रमिक माध्यमिक विद्यालय हेटौंडा–४ को व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको हो । वडास्तरीय तेस्रो खेलकुद महोत्सव अन्तर्गत आयोजित प्रतियोगिताको पहिलो खेल श्रमिक माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा हेटौंडा नगर क्षेत्रभित्रका २३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास…
Read More
सधैं समाजका लागि सूचना दिने आश बहादुर भ्लोन आज आफ्नै बाइक हराएपछि सहयोगको अपिलमा

सधैं समाजका लागि सूचना दिने आश बहादुर भ्लोन आज आफ्नै बाइक हराएपछि सहयोगको अपिलमा

हेटौंडा, पुस १० गते । सधैं आफ्ना आफन्त, साथीभाइ, इष्टमित्र तथा समाजका विभिन्न विषयमा सूचना र आवाज उठाउँदै आएका सामाजिक प्रयोगकर्ता आश बहादुर भ्लोन आज व्यक्तिगत समस्याका कारण सामाजिक सञ्जालमार्फत सहयोगको अपेक्षामा देखिएका छन् । आफ्नो मोटरसाइकल हराएपछि सुरुमा सामाजिक सञ्जालमा पोस्ट गर्न नचाहेको बताउँदै भ्लोनले साथीभाइबाट फोन आउन थालेपछि बाध्य भएर फेसबुकमा सूचना सार्वजनिक गरेको हो । “सधैं अरूका लागि बोल्दै आएको मान्छे, आज आफ्नै बाइक हराएको सूचना हाल्नुपर्‍यो, पोस्ट हाल्न मन थिएन,” उनले फेसबुक स्टाटसमा उल्लेख गरेको छ । उनको स्टाटस सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सहानुभूति व्यक्त गर्दै बाइक फेला पार्न सहयोगको प्रतिबद्धता जनाइरहेका छन् । स्थानीय…
Read More
संघको चुनाव नजिकिँदै जाँदा आर्थिक चलखेल हुन सक्ने भन्दै आम नागरिकलाई चनाखो रहन सुन्दर लामाको आग्रह

संघको चुनाव नजिकिँदै जाँदा आर्थिक चलखेल हुन सक्ने भन्दै आम नागरिकलाई चनाखो रहन सुन्दर लामाको आग्रह

हेटौंडा, पुस १० गते । देशभर संघको चुनावको तयारी तीव्र बन्दै गएको बेला सम्भावित आर्थिक चलखेल र भोट किनबेचप्रति सचेत रहन श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले आम नागरिकलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस सार्वजनिक गर्दै लामाले अहिले विभिन्न राजनीतिक दलको नाममा अवसरवाद हावी हुँदै आर्थिक चलखेलमार्फत मत प्रभावित पार्ने प्रयास हुन सक्ने खतरा औँल्याएका हुन । उनले यस्तो गतिविधि देखिए वा त्यसबारे सूचना प्राप्त भएमा सार्वजनिक गर्न सबैसँग अनुरोध गरेको छ । लामाले भ्रष्टाचारलाई राष्ट्रको शत्रुको संज्ञा दिँदै यस्ता गतिविधि देख्दा पनि मौन बस्नु राष्ट्रघाती कार्य हुने उल्लेख गरे्को छ । अबको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.