अन्यायसँग सम्झौता होइन, अन्तरमनको आवाज उठाउने साहस नै परिवर्तनको बाटो : विशाल राज महत

हेटौंडा,पुस १० गते । सेवा, सहयोग र आवाजमार्फत सामाजिक परिवर्तनको पक्षमा निरन्तर सक्रिय रहँदै आएका हाम्रो अभियानका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले समाजमा देखिने आलोचनाभन्दा चेतावनी र खबरदारीको भूमिकालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो स्टाटसमा महतले विद्वानको भीड र आत्मकेन्द्रित प्रवृत्तिबीच सत्य र न्यायको पक्षमा उभिनु सजिलो नभएको उल्लेख गरेका छन्। सुझाव र आलोचना गर्न सहज भए पनि प्रत्येक कदममा चुनौतीसँग जुध्दै खबरदारी गर्ने व्यक्ति नै वास्तविक परिवर्तनकर्मी हुने उनको भनाइ छ।

उनले आफ्नो यात्रा ताली, प्रशंसा वा प्रमाणपत्रको प्रतीक्षाका लागि नभई अन्तरमनको आत्मसन्तुष्टि र परिवर्तन चाहने चेतनाको आवाज भएको स्पष्ट पारेका छन्। “यो कुनै यन्त्रले न तौल्न सकिने न मापन गर्न सकिने अनुभूति हो,” भन्दै महतले अन्यायसँग सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

आफू रामायणका हनुमानजस्तो शक्तिशाली पात्र नभए पनि सत्य र न्यायका पक्षमा एक्लै उभिन तयार रहेको उल्लेख गर्दै उनले माया गर्नेहरू र शुभेच्छुकहरूको साथ र समर्थन नै आफ्नो सबैभन्दा ठूलो हिम्मत भएको बताएका छन्।

उनको यो अभिव्यक्तिलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले साहसिक, प्रेरणादायी र वर्तमान समाजको यथार्थ झल्काउने आवाजको रूपमा लिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

अन्यायसँग सम्झौता होइन, अन्तरमनको आवाज उठाउने साहस नै परिवर्तनको बाटो : विशाल राज महत

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

अन्यायसँग सम्झौता होइन, अन्तरमनको आवाज उठाउने साहस नै परिवर्तनको बाटो : विशाल राज महत

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

अन्यायसँग सम्झौता होइन, अन्तरमनको आवाज उठाउने साहस नै परिवर्तनको बाटो : विशाल राज महत

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

अन्यायसँग सम्झौता होइन, अन्तरमनको आवाज उठाउने साहस नै परिवर्तनको बाटो : विशाल राज महत

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

अन्यायसँग सम्झौता होइन, अन्तरमनको आवाज उठाउने साहस नै परिवर्तनको बाटो : विशाल राज महत

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

अन्यायसँग सम्झौता होइन, अन्तरमनको आवाज उठाउने साहस नै परिवर्तनको बाटो : विशाल राज महत

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.