जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा

ललितपुर, पुस १० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालमा आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा पार्टीले ठूलो झट्का व्यहोर्नु परेको छ। केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा केन्द्रीय, प्रदेश, जिल्ला, नगरपालिका तथा विभिन्न भ्रातृ सङ्गठनमा आवद्ध सयौं नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।

संघीय समाजवादी फोरम स्थापनाकालदेखि निरन्तर पार्टीमा सक्रिय रहँदै आएका उनीहरूले जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा राजिनामा पत्र बुझाउँदै आजको मितिदेखि साधारण सदस्य समेत नरहने घोषणा गरेका हुन्।

राजिनामा पत्रमा उल्लेख भएअनुसार २०८२ साल भदौ २३ र २४ गते देखिएको ‘जेन जि आन्दोलन’ले नेपालको राजनीतिक धरातलमा गहिरो प्रश्न उठाएको भए पनि पार्टी नेतृत्वले त्यसको मर्मअनुसार सुधार र नेतृत्व हस्तान्तरण गर्न नसकेको आरोप लगाइएको छ। बागमती प्रदेश अधिवेशनमा देखिएका गतिविधि, समितिभित्र जातीय जनसङ्ख्याको असन्तुलन, फरक मतको अवमूल्यन, व्यक्ति केन्द्रित निर्णय हावी हुँदै जानु र सामूहिक निर्णय प्रक्रियाको कमजोर अभ्यासका कारण पार्टीमा बसिरहन उचित नदेखिएको उनीहरूको भनाइ छ।

सामूहिक राजिनामामा केन्द्रीय सदस्यहरू, प्रदेश सदस्यहरू, जिल्ला तथा नगरपालिका अध्यक्षसहित विभिन्न तहका ३१ जना मुख्य अगुवासँगै रसुवा, मकवानपुर, काभ्रे, भक्तपुर लगायत जिल्लाका सम्पूर्ण टिमहरू, मध्यपुर, सूर्यविनायक, नवबुद्ध र चाँगुनारायण नगरपालिकाका टिमहरू समेत सहभागी छन्।

यस घटनाले जसपा नेपालभित्र गहिरिँदो असन्तुष्टि र संगठनात्मक संकटलाई सतहमा ल्याएको छ भने पार्टीको आगामी राजनीतिक यात्रामा यसको प्रभाव महत्वपूर्ण हुने विश्लेषकहरूको भनाइ छ।

सामूहिक पार्टी परित्याग..!!

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.