हेटौंडा–४ मा नगरस्तरीय ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सुरु

हेटौंडा, पुस १० गते । “हाम्रो प्रतिबद्धता, शिक्षा र खेलकुदमा प्राथमिकता” भन्ने मूल नाराका साथ हेटौंडा उपमहानगरपालिका–४ मा नगरस्तरीय विद्यालय ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

हेटौंडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को संयोजन तथा श्रमिक माध्यमिक विद्यालय हेटौंडा–४ को व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको हो । वडास्तरीय तेस्रो खेलकुद महोत्सव अन्तर्गत आयोजित प्रतियोगिताको पहिलो खेल श्रमिक माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा हेटौंडा नगर क्षेत्रभित्रका २३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्ने अपेक्षा गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले शिक्षा र खेलकुदलाई वडाको प्राथमिकतामा राख्दै यस्ता गतिविधिले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । उनले आगामी दिनमा पनि वडा कार्यालयले शिक्षा र खेलकुद प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.