सवारी सरुवा सहमतिमा घुस लिएको आरोपमा हेटौंडाका दुई जना अख्तियारको नियन्त्रणमा

हेटौँडा, फागुन १२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले सवारी सरुवा सहमतिका नाममा सेवाग्राहीसँग अतिरिक्त रकम असुलिएको आरोपमा यातायात व्यवस्था सेवा कार्यालय, हेटौंडाका एक अधिकृत र एक लेखापढी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार कार्यालयमा कार्यरत छैटौं तहका अधिकृत अमृत भेटुवाल र बिचौलियाको भूमिका निर्वाह गरेको आरोप लागेका खगेन्द्र पौडेललाई उजुरीका आधारमा खटिएको टोलीले पक्राउ गरेको हो। सेवाग्राहीबाट सवारी सरुवा सहमतिका लागि थप रकम मागिएको सूचनापछि गरिएको कारबाहीमा पौडेलले ११ हजार ५ सय रुपैयाँ लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

आयोगका अनुसार दुवै जनालाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो। घटनास्थलबाट तीन थान मोबाइल सेटसमेत बरामद गरिएको छ। यस विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.