हेटौंडा,बैशाख २५ गते । स्वास्थ्य बीमा बोर्डले आज शुक्रबार साँझ केही समयका लागि स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीको सेवा अवरुद्ध हुने जनाएको छ।
बोर्डद्वारा जारी सूचनाअनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सञ्चालनमा रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्रको सरोवर (सर्भर) रिप्लेस गर्नुपर्ने भएकाले आज साँझ ६ बजेदेखि राति ९ बजेसम्म सेवा अवरुद्ध हुने भएको हो।
यस अवधिमा बिमा व्यवस्थापन सूचना प्रणाली अन्तर्गतका सेवा सञ्चालन हुन नसक्ने बोर्डले जनाएको छ। सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरूलाई पर्न जाने असुविधाप्रति बोर्डले क्षमायाचना समेत गरेको छ।
त्यस्तै, बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई उक्त समयअगावै आवश्यक दाबी प्रक्रिया अनिवार्य रूपमा सम्पन्न गरिसक्न अनुरोध गरेको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 22














