हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

हेटौँडा,जेठ ५ गते। हेटौंडा उपमहानगरपालिका वडा नं. १३ वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषकहरूलाई ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गर्ने भएको छ। वडा कार्यालयले दोस्रो पटक सूचना प्रकाशित गर्दै केरा खेती प्रवर्धनका लागि इच्छुक कृषकहरूलाई सात दिनभित्र आवेदन दिन आग्रह गरेको हो।

वडा कार्यालयका अनुसार कार्यक्रम अन्तर्गत कृषकहरूले ३० प्रतिशत लागत सहभागिता गर्नुपर्नेछ भने बाँकी ७० प्रतिशत रकम वडा कार्यालयबाट अनुदान स्वरूप उपलब्ध गराइनेछ। कार्यक्रम मार्फत वडा क्षेत्रभित्र व्यावसायिक केरा खेती विस्तार गरी कृषकहरूको आयआर्जन वृद्धि गर्ने लक्ष्य राखिएको जनाइएको छ।

बिरुवा आवश्यक पर्ने कृषकहरूले प्रत्येक टोल विकास संस्थाको प्रतिनिधित्व हुने गरी वडा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ। आवेदनका लागि निवेदन फारम, नागरिकताको फोटोकपी, बसाइँसराइ गरी आएका व्यक्तिको हकमा बसाइँसराइ प्रमाणपत्रको फोटोकपी तथा अन्य पालिकाबाट विवाह गरी आएका महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको फोटोकपी पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

वडाध्यक्ष पेम्बा लामाले समयभित्र आवश्यक कागजातसहित आवेदन दिन सम्पूर्ण कृषकहरूलाई अनुरोध गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.