पत्रकार बख्तियार अलीलाई धम्की दिएको भन्दै पत्रकार महासंघद्वारा घटनाको भर्त्सना

सर्लाही,जेठ ७ गते। पत्रकार बख्तियार अलीमाथि भएको दुर्व्यवहार, गालीगलौज तथा धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ सर्लाही शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको हो ।

महासंघका अनुसार लोक तन्त्र खबर डटकममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै मलंगवास्थित सुस्ति सोम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झाले फोन मार्फत पत्रकार अलीलाई अपशब्द प्रयोग गर्दै धम्की दिएका थिए ।

त्यसैगरी “सर्लाही मेडिया हाउस” र “डेली न्यूज अपडेट” नामक फेसबुक पेजमार्फत पत्रकार अलीको चरित्रहत्या गर्ने प्रयास गरिएको तथा ज्यान मार्ने धम्कीसम्म दिइएको महासंघले जनाएको छ ।

महासंघले प्रकाशित समाचारप्रति असहमति भए कानुनी तथा विधिसम्मत बाटो अपनाउनुपर्ने उल्लेख गर्दै पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको जनाएको छ ।

विज्ञप्तिमार्फत महासंघले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा पत्रकारको सुरक्षाप्रति संवेदनशील हुन सम्बन्धित निकायसँग माग गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.