Day: २०८३ जेष्ठ ७, बिहीबार २३:०१

“असार मसान्तसम्म वडा नं. ४ का सबै सडक ढुवानमुक्त हुन्छन्” — वडाध्यक्ष नवीन सिग्देल

“असार मसान्तसम्म वडा नं. ४ का सबै सडक ढुवानमुक्त हुन्छन्” — वडाध्यक्ष नवीन सिग्देल

हेटौँडा,जेठ ७ गते। हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले आफ्नो वडाका सबै सडकहरूलाई यही असार मसान्तसम्म ढुवानमुक्त बनाइने बताएका छन्। वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस सार्वजनिक गर्दै वडा नं. ४ मा सडक स्तरीकरण तथा पूर्वाधार विकासको काम तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिएका हुन्। उनले “हामी जे बोल्छौं, त्यही गर्छौं । हामी थाक्ने छैनौं, हामी काममा छौं” भन्दै वडा नं. ४ का सबै सडकलाई क्रमशः स्तरीकरण गर्दै ढुवानमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेषगरी गर्दाेही क्षेत्रका बासिन्दाका लागि आजको दिन खुसीको दिन भएको उल्लेख गर्दै उनले गिरी टोलको भित्री सडक स्तरीकरण…
Read More
सरकारी विज्ञापन नीति विरुद्ध पत्रकार महासंघको हस्ताक्षर अभियान : मकवानपुरका सञ्चारकर्मी एकजुट

सरकारी विज्ञापन नीति विरुद्ध पत्रकार महासंघको हस्ताक्षर अभियान : मकवानपुरका सञ्चारकर्मी एकजुट

हेटौँडा,जेठ ७ गते। सरकारले सरकारी मातहतका सबै विज्ञापनहरू सरकारी सञ्चार माध्यममार्फत मात्रै प्रवाह गर्ने नीतिगत निर्णय गरेपछि निजी क्षेत्रबाट सञ्चालित सञ्चार माध्यमहरू आन्दोलित बनेका छन् । उक्त निर्णयलाई विभेदकारी र प्रेस स्वतन्त्रता विरोधी भन्दै नेपाल पत्रकार महासंघले देशव्यापी दबाबमूलक आन्दोलनका कार्यक्रम अघि बढाएको छ । महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत केन्द्रदेखि देशभरका शाखामार्फत सप्ताहव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत आज मकवानपुर जिल्लामा पनि पत्रकार, सञ्चारगृह सञ्चालक तथा सञ्चारकर्मीहरूको सहभागितामा हस्ताक्षर अभियान सम्पन्न गरिएको छ । मकवानपुरमा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरू तथा मिडिया सञ्चालकहरूले एकमत हुँदै सरकारी निर्णयप्रति असहमति जनाएका छन् । उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि…
Read More
‘खरानी पार्टी नेपाल’को व्यङ्ग्यात्मक उदय : Meme Culture मार्फत राजनीतिमाथि युवाको कटाक्ष

‘खरानी पार्टी नेपाल’को व्यङ्ग्यात्मक उदय : Meme Culture मार्फत राजनीतिमाथि युवाको कटाक्ष

काठमाडौं,जेठ ७ गते। नेपालमा युवापुस्तामाझ बढ्दो राजनीतिक निराशा, भ्रष्टाचारप्रतिको आक्रोश र सामाजिक सञ्जालमा फैलिएको meme culture बीच “खरानी पार्टी नेपाल” नामक व्यङ्ग्यात्मक राजनीतिक अभियान सार्वजनिक भएको छ। “खरानीबाट, जनताका लागि” भन्ने नारासहित अघि सारिएको उक्त अभियानले छोटो समयमै सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेको छ। अभियानले आफूलाई परम्परागत राजनीतिक दलभन्दा फरक “व्यवस्थामाथिको व्यङ्ग्यात्मक प्रतिरोध र चेतावनी” का रूपमा प्रस्तुत गरेको जनाएको छ। खरानी पार्टीले सार्वजनिक गरेको अवधारणापत्रमा भ्रष्टाचार, राजनीतिक वंशवाद, झुटा चुनावी आश्वासन, प्रचारमुखी राजनीति तथा युवाको बेरोजगारी जस्ता विषयलाई मुख्य मुद्दा बनाइएको छ। पार्टीको घोषणापत्रमा समेटिएका केही प्रस्तावले विशेष चर्चा पाएका छन्। “७ मिनेटभन्दा लामो भाषण गर्ने नेताको mic स्वतः…
Read More
पत्रकार बख्तियार अलीलाई धम्की दिएको भन्दै पत्रकार महासंघद्वारा घटनाको भर्त्सना

पत्रकार बख्तियार अलीलाई धम्की दिएको भन्दै पत्रकार महासंघद्वारा घटनाको भर्त्सना

सर्लाही,जेठ ७ गते। पत्रकार बख्तियार अलीमाथि भएको दुर्व्यवहार, गालीगलौज तथा धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघ सर्लाही शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको हो । महासंघका अनुसार लोक तन्त्र खबर डटकममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै मलंगवास्थित सुस्ति सोम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झाले फोन मार्फत पत्रकार अलीलाई अपशब्द प्रयोग गर्दै धम्की दिएका थिए । त्यसैगरी “सर्लाही मेडिया हाउस” र “डेली न्यूज अपडेट” नामक फेसबुक पेजमार्फत पत्रकार अलीको चरित्रहत्या गर्ने प्रयास गरिएको तथा ज्यान मार्ने धम्कीसम्म दिइएको महासंघले जनाएको छ । महासंघले प्रकाशित समाचारप्रति असहमति भए कानुनी तथा…
Read More
“हिरासतभित्र अमानवीय व्यवहार भएको अनुभूति” — सामाजिक अभियान्ता विशालराज महतको गम्भीर आरोप

“हिरासतभित्र अमानवीय व्यवहार भएको अनुभूति” — सामाजिक अभियान्ता विशालराज महतको गम्भीर आरोप

हेटौँडा,जेठ ७ गते। सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले जिल्ला प्रहरी कार्यालयको हिरासतभित्र आफूहरूले भोगेको अवस्थाबारे सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गर्दै नेपालको हिरासत व्यवस्थामाथि गम्भीर प्रश्न उठाएका छन्। हेटौंडा अस्पतालको नाममा रहेको जग्गाको स्वामित्व अस्पतालकै नाममा कायम रहनुपर्ने मागसहित अस्पतालको बोर्ड कायम गर्ने क्रममा आफूहरूसहित चार जनालाई २०८२ वैशाख ३ गते हिरासतमा राखिएको उल्लेख गर्दै महतले उक्त अनुभव केवल व्यक्तिगत नभई नेपालको हिरासत प्रणालीको वास्तविकता नजिकबाट बुझ्ने अवसर बनेको बताएका छन्। महतका अनुसार हिरासतभित्र प्रवेश गरेलगत्तै कैदीबन्दीलाई भित्तामा बनाइएको बुद्धको चित्रमा टाउको ठोक्काएर “नियम मान्न” बाध्य बनाइने, नमाने कुटपिटको डर देखाइने जस्ता व्यवहार हुने गरेको…
Read More
जरा र मुहानको मौन शक्ति

जरा र मुहानको मौन शक्ति

हेटौँडा,जेठ ७ गते। “हाँगा र पातमा रमाउनेहरूलेरूख र जराको अर्थ कसरी बुझुन्! बोटलको पानी पिउनेहरूलेमुहान र नदीको महत्व कसरी जानून् ! फेरि पनि जराले नै उभ्याउँछविशाल रूख ! खोचमा उम्रिएको मुहानले नै बगाउँछअन्त्यहीन नदी ! आजसम्मन मुहानले सम्मान खोजेको देखेको छुन त जराले नै !” — मीना कुमारी लामा (नगर प्रमुख)
Read More
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश : २४ घण्टाभित्र पक्राउको कारण पेश गर्न निर्देशन

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश : २४ घण्टाभित्र पक्राउको कारण पेश गर्न निर्देशन

काठमाडौं,जेठ ७ गते। दुर्गा प्रसाईं सम्बन्धी बन्दीप्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले सरकारका नाममा २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारणसहितको विवरण महान्यायाधिवक्ता कार्यालय मार्फत अदालतमा पेश गर्न निर्देशन दिएको हो। प्रसाईंको तर्फबाट अधिवक्ता आशिष लुइँटेलले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सम्बन्धित निकायसँग स्पष्टीकरण माग गरेको हो। अदालतको आदेशसँगै अब सरकारी पक्षले प्रसाईंलाई पक्राउ गर्नुको कानुनी आधार र अवस्थाबारे विस्तृत जवाफ पेश गर्नुपर्ने भएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.