सरकारी विज्ञापन नीति विरुद्ध पत्रकार महासंघको हस्ताक्षर अभियान : मकवानपुरका सञ्चारकर्मी एकजुट

हेटौँडा,जेठ ७ गते। सरकारले सरकारी मातहतका सबै विज्ञापनहरू सरकारी सञ्चार माध्यममार्फत मात्रै प्रवाह गर्ने नीतिगत निर्णय गरेपछि निजी क्षेत्रबाट सञ्चालित सञ्चार माध्यमहरू आन्दोलित बनेका छन् । उक्त निर्णयलाई विभेदकारी र प्रेस स्वतन्त्रता विरोधी भन्दै नेपाल पत्रकार महासंघले देशव्यापी दबाबमूलक आन्दोलनका कार्यक्रम अघि बढाएको छ ।

महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत केन्द्रदेखि देशभरका शाखामार्फत सप्ताहव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानअन्तर्गत आज मकवानपुर जिल्लामा पनि पत्रकार, सञ्चारगृह सञ्चालक तथा सञ्चारकर्मीहरूको सहभागितामा हस्ताक्षर अभियान सम्पन्न गरिएको छ ।

मकवानपुरमा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरू तथा मिडिया सञ्चालकहरूले एकमत हुँदै सरकारी निर्णयप्रति असहमति जनाएका छन् । उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप हुने गरी ल्याइएको नीति तत्काल सच्याउन माग गरेका छन् ।

अभियानमा सहभागी सञ्चारकर्मीहरूले सरकारी विज्ञापन वितरणमा विभेदकारी नीति लागू गरिए निजी सञ्चार क्षेत्र थप संकटमा पर्ने बताएका छन् । उनीहरूले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र सञ्चार क्षेत्रलाई कमजोर बनाउने कुनै पनि निर्णय स्वीकार्य नहुने धारणा व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघले सञ्चालन गरेको यो अभियान देशव्यापी रूपमा विस्तार भइरहेको छ । हस्ताक्षर अभियानमार्फत राज्यको सम्बन्धित निकायलाई खबरदारी गर्दै निर्णय पुनर्विचार गर्न दबाब सिर्जना गर्ने उद्देश्य रहेको महासंघले जनाएको छ ।

सरकारको उक्त निर्णयप्रति सञ्चार क्षेत्रबाट व्यापक असन्तुष्टि देखिएको अवस्थामा यो आन्दोलनले सम्बन्धित निकायमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सरकारी विज्ञापन नीति विरुद्ध पत्रकार महासंघको हस्ताक्षर अभियान : मकवानपुरका सञ्चारकर्मी एकजुट

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

सरकारी विज्ञापन नीति विरुद्ध पत्रकार महासंघको हस्ताक्षर अभियान : मकवानपुरका सञ्चारकर्मी एकजुट

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

सरकारी विज्ञापन नीति विरुद्ध पत्रकार महासंघको हस्ताक्षर अभियान : मकवानपुरका सञ्चारकर्मी एकजुट

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

सरकारी विज्ञापन नीति विरुद्ध पत्रकार महासंघको हस्ताक्षर अभियान : मकवानपुरका सञ्चारकर्मी एकजुट

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

सरकारी विज्ञापन नीति विरुद्ध पत्रकार महासंघको हस्ताक्षर अभियान : मकवानपुरका सञ्चारकर्मी एकजुट

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सरकारी विज्ञापन नीति विरुद्ध पत्रकार महासंघको हस्ताक्षर अभियान : मकवानपुरका सञ्चारकर्मी एकजुट

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.