“असार मसान्तसम्म वडा नं. ४ का सबै सडक ढुवानमुक्त हुन्छन्” — वडाध्यक्ष नवीन सिग्देल

हेटौँडा,जेठ ७ गते। हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले आफ्नो वडाका सबै सडकहरूलाई यही असार मसान्तसम्म ढुवानमुक्त बनाइने बताएका छन्।

वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस सार्वजनिक गर्दै वडा नं. ४ मा सडक स्तरीकरण तथा पूर्वाधार विकासको काम तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिएका हुन्।

उनले “हामी जे बोल्छौं, त्यही गर्छौं । हामी थाक्ने छैनौं, हामी काममा छौं” भन्दै वडा नं. ४ का सबै सडकलाई क्रमशः स्तरीकरण गर्दै ढुवानमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

विशेषगरी गर्दाेही क्षेत्रका बासिन्दाका लागि आजको दिन खुसीको दिन भएको उल्लेख गर्दै उनले गिरी टोलको भित्री सडक स्तरीकरण सम्पन्न भएसँगै उक्त क्षेत्र ढुवानमुक्त भएको बताएका छन्। विगतदेखि ढुवान र गहिरो क्षेत्रका रूपमा चिनिँदै आएको गर्दाेही क्षेत्रमा सडक सुधार भएपछि स्थानीयवासीले राहत महसुस गर्न थालेका छन्।

सिग्देलका अनुसार वडा भित्रका बाँकी केही सडकहरूको पनि यही असार मसान्तसम्म स्तरीकरण गरिनेछ। उनले विकास निर्माणका कामलाई निरन्तरता दिँदै नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरी काम भइरहेको दाबी गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“असार मसान्तसम्म वडा नं. ४ का सबै सडक ढुवानमुक्त हुन्छन्” — वडाध्यक्ष नवीन सिग्देल

६ घण्टामा लमजुङमा सर्वाधिक वर्षा, बागमती–गण्डकीसहित विभिन्न प्रदेशमा वर्षा जारी

“असार मसान्तसम्म वडा नं. ४ का सबै सडक ढुवानमुक्त हुन्छन्” — वडाध्यक्ष नवीन सिग्देल

हेटौंडा–४ मा मधुमेह रोगीका लागि निःशुल्क आँखा शिविर, ४३ जनाको आँखा परीक्षण

“असार मसान्तसम्म वडा नं. ४ का सबै सडक ढुवानमुक्त हुन्छन्” — वडाध्यक्ष नवीन सिग्देल

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

“असार मसान्तसम्म वडा नं. ४ का सबै सडक ढुवानमुक्त हुन्छन्” — वडाध्यक्ष नवीन सिग्देल

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

“असार मसान्तसम्म वडा नं. ४ का सबै सडक ढुवानमुक्त हुन्छन्” — वडाध्यक्ष नवीन सिग्देल

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

“असार मसान्तसम्म वडा नं. ४ का सबै सडक ढुवानमुक्त हुन्छन्” — वडाध्यक्ष नवीन सिग्देल

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.