आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

पान्तले,जेठ १६ गते। हेटौंडा उपमहानगरपालिका–१२ पान्तलेस्थित आधुनिक महिला जागृती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार सम्पन्न खुल्ला रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन्।

रक्त अभाव न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा १८ जना महिला र ३२ जना पुरुष गरी कुल ५० जनाले रक्तदान गरेका हुन्। कार्यक्रम संस्थाकी अध्यक्ष सोम माया मोक्तानको अध्यक्षतामा तथा हेटौंडा–१२ की वडा सदस्य गीता परियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा स्थानीयवासी, सहकारीका सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा ठूलो सामाजिक सेवामध्ये एक भएको उल्लेख गर्दै स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गरेका थिए। उनीहरूले एक युनिट रगतले धेरै बिरामीको जीवन बचाउन सक्ने भएकाले रक्तदान अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि यस्ता जनहितकारी तथा सामाजिक सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.