२०८३ जेष्ठ १६, शनिबार २३:३५
२०८३ जेष्ठ १६, शनिबार २३:३५
काठमाडौँ,जेठ १६ गते। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सुर्तीजन्य पदार्थमा गरेको कर वृद्धि अत्यन्त न्यून रहेको भन्दै नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआई) ले असन्तुष्टि जनाएको छ। संस्थाले उक्त कर वृद्धि जनस्वास्थ्य संरक्षणका दृष्टिले अपर्याप्त र निराशाजनक भएको टिप्पणी गरेको छ। शनिबार जारी गरिएको प्रतिक्रियामा एनडीआरआईले सुर्तीजन्य पदार्थमा गरिएको कर वृद्धि अधिकतम ३.८ प्रतिशत र औसतमा करिब २ प्रतिशत मात्रै रहेको जनाएको छ। संस्थाका सुर्ती नियन्त्रण कार्यक्रम संयोजक डा. जयकुमार गुरुङका अनुसार यो वृद्धि हालको मुद्रास्फिति समेत समायोजन गर्न पर्याप्त नभएकाले वास्तविक रूपमा सुर्तीजन्य पदार्थको कर दर घटेको सरह हुने अवस्था सिर्जना भएको छ। उनका अनुसार यस्तो अवस्थाले सुर्तीजन्य…