“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

हेटौंडा,जेठ १६ गते। हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर आफूले विगतमा लेखेको एक भावनात्मक कविता तथा आफ्ना अनुभूतिहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।

मेयर लामाले आफ्नो आधिकारिक फेसबुक वालमा लामो समयदेखि मनका पीडा, भावना र अनुभूतिहरू कवितामार्फत व्यक्त गर्दै आएको उल्लेख गर्दै लेखेकी छन्—

“म लामो समय देखि आफ्नो मनको पीडा कवितामा विसाउँदै आएकी थिए । भावनाहरू कापीमा कोरे पछि मन हल्का भएको अनुभूति गर्दै आएकी थिए । असाध्यै पीडाहरूमा पनि म ससाना कविता लेखेर हास्न खोज्थे । केही दिन देखि मैले ती लेखेका कुराहरूलाई सार्वजनिक गर्दै आएकी छु । मलाई धेरैले हौसला पनि दिनु भएको छ ।”

उनले २०७८ सालमा लेखेको एउटा कविता राष्ट्रिय महिला अधिकार दिवसकै दिन फेला परेको उल्लेख गर्दै महिला दिवस र महिलाको वास्तविक नियति एक–अर्कासँग मेल खाएको अनुभूति भएको बताएकी छन्।

मेयर लामाले आफ्नो पोस्टमा लेखेकी छन्—

“२०७८ सालमा यस्तो लेखेको रहेछु । आज राष्ट्रिय महिला अधिकार दिवस । संयोगले आजै भेटियो। यो मेरो सानो भावना, महिला दिवस र महिला नियती मिलेजस्तो लाग्यो ।”

उनले सार्वजनिक गरेको कविता यस प्रकार रहेको छ—

कविता

नियती

आकाश भएर पनि
कुवा बनेर बाच्नु पर्ने
धरती भएर पनि
चपरी बनेर हाँस्नु पर्ने
नियती बोकेका महिलाई
अगाडि राखेर संसार
नारी दिवस मनाइरहेको छ !

– मीनाकुमारी लामा

मेयर लामाको उक्त पोस्टलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले सकारात्मक प्रतिक्रिया दिएका छन्। धेरैले उनको साहित्यिक अभिव्यक्ति, महिलाको वास्तविक अवस्थाप्रतिको संवेदनशील दृष्टिकोण तथा भावनालाई शब्दमार्फत प्रस्तुत गर्ने शैलीको प्रशंसा गरेका छन्। महिला अधिकार दिवसको सन्दर्भमा सार्वजनिक गरिएको उक्त कविता अहिले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.