बागमती प्रदेश पत्रकार महासंघको पाँचौँ साधारण सभा र मिडिया सम्मेलनको तयारी पूरा

हेटौंडा,जेठ २१ गते। नेपाल पत्रकार महासंघ बागमती प्रदेशको पाँचौँ साधारण सभा तथा प्रदेश स्तरीय मिडिया सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। जेठ २२, २३ र २४ गते हेटौंडामा आयोजना हुने कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रदेश समितिले जनाएको छ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाका अनुसार जेठ २२ गते हुने मिडिया सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने कार्यक्रम तय भएको छ।

सम्मेलनमा पत्रकारिता क्षेत्रका समसामयिक विषयमा केन्द्रित बहस तथा छलफल गरिनेछ। बदलिँदो पत्रकारिता : संकट, चुनौती र अवसर, गुणस्तरीय पत्रकारिता : आजको आवश्यकता तथा समाजको आँखामा मिडिया विषयमा विज्ञ वक्ताहरूको सहभागितामा अन्तरक्रिया र बहस सञ्चालन गरिने जनाइएको छ।

त्यसैगरी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशको पाँचौँ साधारण सभाको उद्घाटन निर्मला शर्माबाट हुने तयारी गरिएको छ। साधारण सभामा बागमती प्रदेशअन्तर्गतका १० जिल्लाका जिल्ला अध्यक्ष तथा प्रदेश परिषद् सदस्यहरूको सहभागिता रहनेछ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले पत्रकारिता क्षेत्रका चुनौती, अवसर र व्यावसायिक उत्तरदायित्वबारे गम्भीर विमर्श गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताए। सम्मेलन तथा साधारण सभाले प्रदेशस्तरीय पत्रकारिताको वर्तमान अवस्था, चुनौती र भावी दिशाबारे साझा निष्कर्ष निकाल्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.