आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हेटौंडा, साउन ८ गते । आज सार्वजनिक गरिएको जल तथा मौसम विभागको मौसम पूर्वानुमानअनुसार आगामी शनिबारसम्म देशका केही स्थानमा तथा आइतबारदेखि बिहीबारसम्म धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ। विभागका अनुसार विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा थप सक्रिय हुने देखिएको छ।

तराई क्षेत्रमा शनिबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आइतबारदेखि मंगलबारसम्म यी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने तथा बुधबार र बिहीबार पुनः एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यसैगरी मधेश प्रदेशमा आइतबारदेखि मंगलबारसम्म एक स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ भने सुदूरपश्चिम प्रदेशमा बुधबार र बिहीबार एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

पहाडी भू–भागमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बिहीबारसम्म धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। यी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहँदा आइतबारदेखि मंगलबारसम्म एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने विभागको पूर्वानुमान छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा शनिबारसम्म केही स्थानमा तथा आइतबारदेखि बिहीबारसम्म धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै शनिबार तथा बुधबार–बिहीबारका बीचमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।

हिमाली क्षेत्रमा शनिबारसम्म केही स्थानमा तथा आइतबारदेखि बिहीबारसम्म धेरै स्थानमा वर्षासँगै हिमपात हुने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा शनिबार तथा बुधबार–बिहीबार एक–दुई स्थानमा भारी हिमपात वा वर्षा हुने तथा आइतबारदेखि मंगलबारसम्म केही स्थानमा भारी हिमपात वा वर्षा हुन सक्ने विभागले जनाएको छ। लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आइतबारदेखि मंगलबारसम्म एक–दुई स्थानमा भारी हिमपात वा वर्षा हुने सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आइतबारदेखि बिहीबारसम्म एक–दुई स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

वर्षासँगै मेघगर्जन तथा चट्याङ पर्ने सम्भावना पनि रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

६ घण्टामा लमजुङमा सर्वाधिक वर्षा, बागमती–गण्डकीसहित विभिन्न प्रदेशमा वर्षा जारी

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हेटौंडा–४ मा मधुमेह रोगीका लागि निःशुल्क आँखा शिविर, ४३ जनाको आँखा परीक्षण

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.