कांग्रेस बागमतीद्वारा मुख्यमन्त्रीको विश्वासको मत प्रस्तावविरुद्ध मतदान गर्न ह्विप जारी

हेटौंडा, भदौ ७ गते । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभामा पेस गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गरेको छ।

कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ साल भदौ ८ गते सोमबार दिउँसो १ बजेबाट सुरु हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा १३८ को उपधारा ४ तथा बागमती प्रदेश सभा नियमावली, २०४७ को नियम १४३ बमोजिम विश्वासको मतको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

उक्त बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्रीले पेस गर्ने विश्वासको मत प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रमुख सचेतक महर्जनले जनाएका छन्।

कांग्रेस संसदीय दलले विश्वासको मतसम्बन्धी निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन आफ्ना सांसदहरूलाई पार्टीको निर्देशनअनुसार मतदान गर्न आग्रह गरेको छ।

ह्विपसम्बन्धी विज्ञप्ति ! 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.