मकवानपुरको मनहरीमा घाँस काट्ने क्रममा करेन्ट लागेर ५० वर्षीय हिरा गोतामेको मृत्यु

मनहरी, भदौ १३ गते । मकवानपुरको मनहरी गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

आज बिहान करिब ९:३० बजे मनहरी गाउँपालिका–३, लामिटार निवासी अन्दाजी ५० वर्षीय हिरा गोतामे घर नजिकै रहेको करेसाबारीमा घाँस काट्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार घाँस काट्ने क्रममा पानी तान्ने मोटरमा विद्युत् प्रवाह भइरहेको तार अचानक काटिन गई गोतामेलाई करेन्ट लागेको थियो। करेन्ट लागेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि सीएमसी हेटौंडा अस्पताल ल्याइएको थियो।

तर, अस्पतालमा उपचारका क्रममा बिहान १०:१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.