हेटौंडामा निर्दयी तरिकाले २२ वटा गोरु ओसारपसार गर्ने ट्रकसहित चालक नियन्त्रणमा

हेटौंडा, भदौ १६ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित सडकखण्डबाट प्रहरीले निर्दयी तरिकाले चौपाय ओसार-पसार गरिरहेको ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ।

आज सडकखण्डमा गरिएको चेकजाँचका क्रममा ना.६ ख ६५७१ नम्बरको ट्रकमा २२ वटा गोरु असहज तथा निर्दयी तरिकाले ओसार-पसार भइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले ट्रकका चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ बस्ने अन्दाजी ३० वर्षीय बिनय चौधरीलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको ट्रक तथा चालकलाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र, हेटौंडा, मकवानपुर पठाइएको प्रहरीले जनाएको छ।

पशु ओसार-पसार गर्दा निर्धारित मापदण्ड तथा पशुको कल्याणसम्बन्धी व्यवस्था पालना नगरेको पाइएमा सम्बन्धित निकायले कानुन बमोजिम कारबाही गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.