भौतिक पूर्वाधारमन्त्री केसीसँग वडाध्यक्ष सिग्देलको भेट, हेटौँडाको पूर्वाधार विकासबारे छलफल

हेटौँडा भदौ १६ गते । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसीसँग भेटघाट गरेका छन्।

आज भएको भेटघाटका क्रममा हेटौँडा नगर क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा छलफल भएको वडाध्यक्ष सिग्देलले बताएका छन्। भेटमा नगरको विकास, पूर्वाधार निर्माण तथा आगामी दिनमा आवश्यक समन्वय र सहकार्यका विषयमा कुराकानी भएको जनाइएको छ।

सोही अवसरमा वडाध्यक्ष सिग्देलले नवनियुक्त मन्त्री केसीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। मन्त्री केसीको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरिएको सिग्देलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

वडाध्यक्ष सिग्देलले स्थानीय तह र प्रदेश सरकारबीच प्रभावकारी समन्वय तथा सहकार्यबाट हेटौँडाको पूर्वाधार विकासलाई थप गति दिन सकिने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.