विश्व मुटु दिवसमा हेटौँडामा २०५ जनाको निःशुल्क मुटु परीक्षण

हेटौंडा, असोज १४ गते । नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुर शाखाले विश्व मुटु दिवसको अवसरमा हेटौँडामा निःशुल्क मुटु परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।

‘मुटुलाई धड्कन देऊ’ भन्ने मूल नाराका साथ सेप्टेम्बर २९ अर्थात् विश्व मुटु दिवसको अवसरमा प्रतिष्ठान मकवानपुर शाखाले निःशुल्क मुटु परीक्षण कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा महिला तथा पुरुष गरी कुल २०५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। परीक्षणमा सहभागीमध्ये ७० जनाको इकोकार्डियोग्राफी (इको) र १५० जनाको ईसीजी परीक्षण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागीहरूको मुटुसम्बन्धी स्वास्थ्य अवस्था परीक्षण गर्नुका साथै मुटुरोगबाट बच्न अपनाउनुपर्ने सावधानी तथा स्वस्थ जीवनशैलीका विषयमा समेत जानकारी दिइएको थियो।

निःशुल्क मुटु परीक्षण कार्यक्रममा सम्बन्धित वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रका अतिथिहरूको सहभागिता रहेको थियो।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानले विश्व मुटु दिवसका अवसरमा मुटुरोगसम्बन्धी जनचेतना अभिवृद्धि तथा समयमै स्वास्थ्य परीक्षण गर्ने बानीको विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.