उत्तम गोम्जा जसपा नेपाल मकवानपुरको अध्यक्षतामा निर्विरोध चयन

हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन २०८१ मकवानपुरमा सम्पन्न भएको छ।

जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका उत्तम गोम्जा सर्वसहमत रूपमा चयन भएका छन्। जिल्ला अध्यक्षको लागि तीनजनाको उम्मेदवारी दाबेदार भएतापनि पछि छलफलद्वारा नै गोम्जालाई अध्यक्षमा चुनिएको थियो।

जसपा नेपाल मकवानपुरले अधिवेशनबाट नै उत्तम गोम्जाको अध्यक्षतामा ४१ जिल्ला कमिटी गठन गर्न सफल भएको छ। जिल्ला कमिटीमा प्रवेश भएका सबै पार्टी कार्यकर्ताहरूलाई माटोको टिका लगाएर एउटा पार्टीको नीति र विधि विधानअनुसार गर्नुपर्ने दायित्वलाई बोध गराउँदै प्रतिबद्धता सहित नयाँ सबै सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए।

मकवानपुर जिल्ला अध्यक्षको रूपमा निर्विरोध चयन भएका गुम्जाले अब आउने दिनहरूमा पार्टीले गर्नुपर्ने दायित्व भूमिका सबै आफ्नो काँधमा परेको हुनाले यसलाई एउटा राम्रो दिशामा डोर्याउने प्रतिबद्धता पनि राख्दै नयाँ आउने सबै सदस्यहरूलाई स्वागत गरेका छन्।

जिल्लामा भएका सबै विभिन्न पार्टीहरूलाई समन्वय गरेर एउटा निकटता बनाई प्रत्येक गाउँँगाउँमा जसपा नेपाल मकवानपुरको एउटा छवि राम्रो बनाउने पहिलो प्रयास हुने कुरामा आफ्नो भनाई अध्यक्ष गोम्जाले राखेका छन्।

जिल्लामा भएका सबै विभिन्न पार्टीहरूलाई समन्वय गरेर एउटा निकटता बनाई प्रत्येक गाउँँगाउँमा जसपा नेपाल मकवानपुरको एउटा छवि राम्रो बनाउने पहिलो प्रयास हुने कुरामा आफ्नो भनाई अध्यक्ष गोम्जाले राखेका छन्।

आज भएको अधिवेशनको बन्द सत्रले आगामी चार वर्षको लागि गाेम्जालाई अध्यक्ष पदका लागि जिम्मेवारी दिएको छ। सोही बन्द सत्रले उपाध्यक्ष पदका लागि गीता कार्की र माइकल प्रजा र सचिव पदका लागि मिनबहादुर लामालाई पनि सर्वसहमत जिम्मेवारी दिएको छ।

आज सम्पन्न भएको जिल्ला अधिवेशन कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष तथा सचिवालय सदस्य विदयुत बज्राचार्य र विशिष्ट अतिथिका रूपमा केन्द्रीय कार्यकारणी सचिव सुनी लामा रहेका थिए।

त्यस्तै अन्य सहभागी अतिथिहरूमा केन्द्रीय कार्यकारणी सदस्य एवंम् भोलिन्टरी फोर्सका केन्द्रीय संयोजक तारा विश्वकर्मा,केन्द्रीय सदस्य एवंम् मकवानपुर जिल्लाका अभियन्ता मेजरमान मोक्तान, केन्द्रीय सदस्य एवंम् ताम्सालिङ समितिका अध्यक्ष तथा संगठन विभागका सचिवालय सदस्य ज्ञानबहादुर लामा, लामा बागमती प्रदेश अध्यक्ष जीवन लामा (जिम्मी), चितवन जिल्ला संयोजक तथा भोलिन्टरी फोर्सका केन्द्रीय सदस्य अनुज जोशी,दीपक बस्याल,आशिष कुशवाहा,जीवन मोक्तान,दिलबहादुर रुम्बा,हरिबहादुर रुम्बा,जीवन तामाङ,दिलिप मल्ल,विद्यार्थी नेता सुमन श्रेष्ठ,विपिन चन्द्र रेग्मी र प्रसिद्ध तिवारी लगायतका व्यक्तिहरू सहभागी भएका थिए।

जसपा नेपाल मकवानपुर जिल्ला अधिवेशनबाट चुनिएका नयाँ कार्यकर्ता सदस्यहरु निम्न छन्, हेर्नुहोस्। 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

उत्तम गोम्जा जसपा नेपाल मकवानपुरको अध्यक्षतामा निर्विरोध चयन

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

उत्तम गोम्जा जसपा नेपाल मकवानपुरको अध्यक्षतामा निर्विरोध चयन

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

उत्तम गोम्जा जसपा नेपाल मकवानपुरको अध्यक्षतामा निर्विरोध चयन

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

उत्तम गोम्जा जसपा नेपाल मकवानपुरको अध्यक्षतामा निर्विरोध चयन

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

उत्तम गोम्जा जसपा नेपाल मकवानपुरको अध्यक्षतामा निर्विरोध चयन

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

उत्तम गोम्जा जसपा नेपाल मकवानपुरको अध्यक्षतामा निर्विरोध चयन

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.