पौडी खेल्ने क्रममा इन्द्रसरोवर गाउँपालिकामा तीन बालक पानीमा डुबेर मृत्यु

हेटौंडा। मकवानपुरको गाउँपालिका ३ स्थित उत्तरी क्षेत्रमा पर्ने सिस्नेरी खोलामा आज ३ बालक डुबेर मृत्यु भएको छ।

काभ्रे जिल्ला घर भई हाल सिस्नेरी मामाघर आएका दुई बालक र सिस्नेरी डोडारेका एकजना बालकको सिस्नरी बजार पछाडि अवस्थित खोलामा पौडी खेल्ने क्रममा आज दिउँसो मृत्यु भएको हो। तिनै जना बालक आज अपरान्ह करिब साढे ४ बजेतिर खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जानकारी दिए।

मृत्यु हुनेहरूमा इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका छोरा वर्ष १४ का सुशान्त आचार्य, काभ्रेको फुलबारी दाप्चा घर भएका वर्ष १४ का प्रमेश घोरासैनी र वर्ष ११ का प्रमाध घोरासैनी रहेका छन्।

ती तीनैजना खोलामा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय जानकारी दिएको छ।

उनीहरू तीनैजना सिस्नेरी खोलाको ढुङ्गाको ओडारमा जमेको पानीमा नुहाउन भनेर घरबाट गएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पौडी खेल्ने क्रममा इन्द्रसरोवर गाउँपालिकामा तीन बालक पानीमा डुबेर मृत्यु

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

पौडी खेल्ने क्रममा इन्द्रसरोवर गाउँपालिकामा तीन बालक पानीमा डुबेर मृत्यु

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

पौडी खेल्ने क्रममा इन्द्रसरोवर गाउँपालिकामा तीन बालक पानीमा डुबेर मृत्यु

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

पौडी खेल्ने क्रममा इन्द्रसरोवर गाउँपालिकामा तीन बालक पानीमा डुबेर मृत्यु

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

पौडी खेल्ने क्रममा इन्द्रसरोवर गाउँपालिकामा तीन बालक पानीमा डुबेर मृत्यु

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

पौडी खेल्ने क्रममा इन्द्रसरोवर गाउँपालिकामा तीन बालक पानीमा डुबेर मृत्यु

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.