हेटौंडा। सरस्वती (बसामाडी) सामुदायिक वन उपभोक्ता समुहको भवनको जगको शिलान्यास गरिएको छ। हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडास्थित शहिद स्मारक हाताभित्र समुहको भवन निर्माण हुन लागेको हो।

भवनको शिलान्यास उपमहानगर पालिकाका उपमेयर राजेश बानियाले गरेका हुन् । भवन शिलान्यास गरेपछि उनलेे शिलान्यास र सम्पन्न आफ्नै कार्यकालमा गर्ने प्रतिबद्धता जनाए ।
भवन निर्माणमा ५ र १० लाख गरि उपमहानगरले आर्थिक सहयोग गरेको यसको सम्पन्न जिम्मामा पनि उपमेयर बानियाँले ले प्रतिबद्धता जनाउनु भएको योजना अध्यक्ष तथा नवलपुर सरस्वती (बसामाडी) सामुदायिक वन उपभोक्ता समुहकि सचीव सुभद्रा बर्तौलाले जानकारी दिइन्।
अहिले ट्वाइलेट , बाथ्रुम सहितको ६ कोठे भवन बन्ने सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बालकृष्ण बिडारीले बताए ।कार्यक्रममा वडाध्यक्ष जुना दाहाल,वडासदस्य गोपिनी सापकोटा,गिता सुनार,सन्जय बिडारी,बिकास नेपाल,टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य लगायत विभिन्न पार्टीका वडा अध्यक्ष,टोल विकास संस्थाका अध्यक्ष,विभिन्न संघसन्स्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।














