प्रतिष्ठानको प्रेस विज्ञप्तीप्रति हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानको घोर भर्त्सना

मकवानपुर । हेटौडा अस्पताल बचाउ तथा सुधार अभियानले दलगत स्वार्थबाट अभिप्रेरित प्रेस विज्ञप्तीको घोर भत्सर्ना गरेको छ । हेटौंडा अस्पतालको पक्षमा अभियानले आइतबार चालेको सांकेतिक विरोध कार्यको विषयमा भ्रम छर्दै मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठानले निकालेको प्रेश विज्ञप्ती प्रति हेटौडा अस्पताल बचाउ तथा सुधार अभियानको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

हेटौंडा अस्पताललाई प्रतिष्ठानको मातहतमा लैजान नदिने भन्दै हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियनले आइताबार मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठानको बोर्ड छोपिनेगरी हेटौंडा अस्पतालको बोर्ड राखिएको थियो । उक्त कार्यलाई उक्त घटनापछि मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठानले प्रेस विज्ञप्ती जारी गर्दै अभियन्तालाई अराजक समूह र उनिहरुले गरेको कार्यलाई तोडफोडको संज्ञा दिएको थियो ।

यसरी अस्पतालको हितमा अभियन्ताले गरेको कामलाई तोडफोड, अराजक जस्ता संज्ञा दिएर आम सर्वसाधारणमा भ्रमको खेती गर्ने काम प्रतिष्ठानले गरेको भन्दै प्रेस विज्ञप्ती मार्फत हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानले खेद प्रकट गरेको छ । प्रतिष्ठानले अदालतमा विचाराधिन मुद्दा हुँदाहुँदै अदालतको कामकारबाहीलाई नै प्रभावित पार्ने गरि अमुख शक्तिको आडमा न्यायलयको नै खिल्ली उडाउने कार्य गरेको विज्ञप्तीमा जनाएको छ ।

हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न दिनुहुँदैन भन्ने बिषयमा राजनैतिक दलका नेतृत्वहरु, सामाजिक अभियन्ताहरु, सचेत नागरिकहरु र आम नागरिकको सहभागितामा पटकपटक अनुरोध, ध्यानाकर्षण, हस्ताक्षर संकलन तथा रचनात्मक सुझाब सहित आग्रह गरेको कुरा विज्ञप्तीमाउल्लेख गरिएको छ ।

साथै बिगतमा उक्त प्रतिष्ठानको विषयमा नेपाली काड्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एस, राप्रपा, नेकपा विप्लव, जसपा सहितको पार्टीहरुको सामुहिक बिरोध र्‍याली तथा सांसद भवन घेराउ लागयतका कार्यक्रमहरु मार्फत प्रतिष्ठानलाई चेतावनी दिएको कुरा विज्ञप्तीमा जनाइएको छ । यसर्थ हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानद्वारा प्रतिष्ठानले निकालेको विज्ञप्तीप्रती घोर भर्त्सना जनाइएको छ ।

विज्ञप्तीको पूर्ण पाठ…

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रतिष्ठानको प्रेस विज्ञप्तीप्रति हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानको घोर भर्त्सना

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

प्रतिष्ठानको प्रेस विज्ञप्तीप्रति हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानको घोर भर्त्सना

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

प्रतिष्ठानको प्रेस विज्ञप्तीप्रति हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानको घोर भर्त्सना

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

प्रतिष्ठानको प्रेस विज्ञप्तीप्रति हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानको घोर भर्त्सना

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

प्रतिष्ठानको प्रेस विज्ञप्तीप्रति हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानको घोर भर्त्सना

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

प्रतिष्ठानको प्रेस विज्ञप्तीप्रति हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानको घोर भर्त्सना

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.