हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानको नागरिक आन्दोलनप्रती संयुक्त विद्यार्थी र युवा संगठनको ऐक्यबद्धता

मकवानपुर । हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानको आन्दोलनप्रती विभिन्न विद्यार्थी तथा युवा संगठनले ऐक्यबद्धता जनाएको छ । संगठनले हेटौंडा अस्पतालको स्वतन्त्र अस्तित्वका लागि चैत्र ३१ गते अभियन्ताले गरेको कार्यप्रती मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र एमाले निकट विद्यार्थी तथा युवा संगठनले निकालेको विज्ञप्तिको प्रतिवाद गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेको हो ।

वि.सं. २०७६ साल आश्विन ०२ गते बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ पास गरेको थियो । प्रदेश संसदबाट पास गरेको प्रतिष्ठानको उक्त ऐनमा चल अचल सम्पत्ति व्यक्ति सरह प्रतिष्ठानले किनबेच गर्न पाउने नीति बनाइएको छ ।जसमा प्रतिष्ठान ऐन २०७६ को परिच्छेद ६ दफा १५(२) बमोजिम नयाँ स्थापना गरिएको मानिने गरि हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभिएको छ । हेटौंडा अस्पतालको ६६ वर्षको लामो इतिहासलाई समाप्त पार्दै प्रतिष्ठानको नाममा लैजाने गरि तय गरिएको उज्त प्रेदेश नीति खारेजिको माग गर्दै सरोकारवाला, संघसंस्था तथा नागरिकले आवाज उठाइरहेको कुरा विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

२०८१ साल चैत्र ३१ गते आइतबारको दिन हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानको नेतृत्वमा अगाडि सारिएको नागरिक आन्दोलनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नामको ठाउँमा हेटौंडा अस्पतालको ब्यानर राखिएको राम्रो कार्यप्रती प्रतिष्ठान र एमाले निकट विद्यार्थी संगठन तथा युवा संगठनले निकालिएको नाटकिय, धम्किपूर्ण, दादागिरी, अचेत मानसिकताबाट आएको विज्ञप्तिप्रति अन्य विभिन्न विद्यार्थी संगठन तथा युवा संगठनले संयुक्त रुपमा कडा आलोचना र खेद प्रकट गरेको छ । साथै उत्पन्न घटना र समस्या समधानको लागि वार्ता र छलफलको उपाय नगरी प्रशासनको आडमा दम्भ र धम्किपूर्ण तरिकाबाट प्रतिष्ठान र एमाले निकट युवा तथा विद्यार्थी संगठनले जनतामा छरेको भ्रम र विज्ञप्तिमा प्रयोग गरिएको धम्किपूर्ण शब्दप्रती कडा प्रतिवाद गर्ने भनी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिको पूर्ण पाठ…

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानको नागरिक आन्दोलनप्रती संयुक्त विद्यार्थी र युवा संगठनको ऐक्यबद्धता

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानको नागरिक आन्दोलनप्रती संयुक्त विद्यार्थी र युवा संगठनको ऐक्यबद्धता

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानको नागरिक आन्दोलनप्रती संयुक्त विद्यार्थी र युवा संगठनको ऐक्यबद्धता

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानको नागरिक आन्दोलनप्रती संयुक्त विद्यार्थी र युवा संगठनको ऐक्यबद्धता

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानको नागरिक आन्दोलनप्रती संयुक्त विद्यार्थी र युवा संगठनको ऐक्यबद्धता

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानको नागरिक आन्दोलनप्रती संयुक्त विद्यार्थी र युवा संगठनको ऐक्यबद्धता

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.