मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १८ औं वार्षिक साधारण सभा सम्पन्न

मनहरी । मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा आर्थिक वर्ष ०८०/८१ को प्रतिवेदन तथा आयव्यय विवरण पेस गरेको छ । साथै आ.व. ०८१/८२ का लागि आवश्यक कार्ययोजना बारे छलफल भएको छ । कार्यक्रम मनहरी-२, दोभान स्थित त्रिरत्न प्राथमिक विद्यालयको प्राङ्गणमा भएको हो ।

मंगलबार भएको साधारण सभामा मनहरी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष राजकुमार पाख्रीनको प्रमुख आतिथ्यता रहेको छ । कार्यक्रममा बोल्दै राजकुमार पाख्रीनले सामुदायिक वन जोगाउँदै आर्थिक आयश्रोतको रुपमा विकास गराउनु वन समूहको साथसाथै समुदायको जिम्मेवारी भएको बताएका छन् । साथै वनजंगल र जीवजन्तूको संरक्षण गर्दै सामुदायिक वन क्षेत्रभित्र पर्यटकीय स्थल निर्माण गर्ने कार्यमा वन समूहलाई साथ दिने प्रण गरेका छन् । त्यस्तै कार्यक्रमको सम्बोधन गर्दै त्रिरत्न प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुण सिं रुम्बाले वन समूहको कार्यलय तत्काल निर्माण गरि व्यवस्थित गर्ने कुरामा जोड दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा लोकहित उपभोक्ता समितिका इकाई अध्यक्ष चन्द्रबहादुर मोक्तान, मेन्दो टोल विकास संस्थाका अध्यक्ष बलिराज गोङ्बा, तीनतले-झुल्यान टोल विकास संस्थाका अध्यक्ष चन्द्र सिं स्याङ्तान, त्रिरत्न प्राविका विव्यस अध्यक्ष गुण सिं रुम्बा, त्रिरत्न प्राविका प्रधानाध्यापक कृष्ण बहादुर घलान, मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष हिरालाल बल, दिगो कृषि सहकारी संस्थाका सचिव आत्माराम रुम्बा लगायतको आतिथ्यता रहेको छ ।

कार्यक्रममा उपस्थित अतिथि लगायत सम्पूर्ण उपभोक्ता ज्युहरुलाई समूहका सदस्य निरु लामाले स्वागत गरेका छन् । समूहका अध्यक्ष दिनेश गोङ्बाको सभाध्यक्षतामा भएको कार्यक्रमको सन्चालन समूहका सचिव सुर्य बहादुर गोलेले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.