मध्य पृतनापति ट्रफी–२०८२ को उपाधी ७ नम्बर बाहिनीलाई

मकवानपुर । मध्य पृतनापति ट्रफी–२०८२ को उपाधी मकवानपुरको चनवनस्थित ७ नम्बर बाहिनी अड्डाले हात पारेको छ । भीमफेदी गाउँपालिका वडा नम्वर १ सुपारेटार ब्यारेकस्थित गोरखबहादुर गणको खेल मैदानमा आयोजित प्रतियोगिताको उपाधि ७ नम्बर बाहिनीले हात पारेको हो ।

वैशाख १ गतेदेखि सुरु भएको प्रतियोगिताको आज भएको समापनमा विभिन्न ८ विधाका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ७ नम्बर बाहिनीले उपाधि जितेको हो ।

कार्यक्रममा पृतनापति हरेन्द्र पाठकले च्याम्पियन बन्न सफल बाहिनीका बाहिनीपति कमल बाँनियालाई ट्रफी प्रदान गरेका थिए । ७ नम्बर बाहीनीले फुटबल, भलिबल, एथ्लेटिक्स, तेक्वान्डो तथा जुडो खेलतर्फ उत्कृष्ट नतिजा ल्याएको थियो ।

यसैगरी, बाहिनीपति ट्रफी–२०८२, ६ नम्बर बाहिनी अन्तर्गत शेर गण, र ७ नम्बर बाहिनी अन्तर्गत गोरख बहादुर गणले हात पारेका छन् । प्रतियोगिता अन्तर्गत फुटबलतर्फ उत्कृष्ट अंक प्राप्त गरि गोरख बहादुर गणले फुटबल च्याम्पियन ट्रफी प्राप्त गरेको छ ।

गोरख बहादुर गणले सोमबार बिहान भएको फाइनल खेलमा नयाँ सबुज गणलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । उक्त प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ्ग, जुडो, एथ्लेटिक्स र स्वीमिङ्ग गरि ८ वटा विधाका खेलहरु सञ्चालन भएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मध्य पृतना हेड क्वार्टरका पृतनापती उपरथी हरेन्द्र पाठकले उत्कृष्ट खेल प्रतिभाहरुको खोजी गरी राष्ट्रिय खेलकुदमा स्थापित गर्ने र प्रधान सेनापति ट्रफी २०८२ का लागि योग्य खेलाडी छनौट गर्ने उद्देश्यले मध्य पृतनापति ट्रफी आयोजना गरिएको बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.