उर्लाबारीमा माछा खाडीमा विष हालिएको आशंका,सयौं माछा मृत अवस्थामा फेला

मोरङ। उर्लाबारी नगरपालिका वडा नम्बर २ स्थित सिरुझारमा रहेको एक माछा खाडीमा सयौं माछा मरेको अवस्थामा फेला परेका छन्। सिरुझार विद्यालय नजिकै रहेको खाडीका सञ्चालक रत्नबहादुर श्रेष्ठका अनुसार बिहान करिब ५ बजे खाडीमा पुग्दा सबै माछा मृत अवस्थामा भेटिएका थिए।

करिब दुई कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त खाडीमा रातिको समयमा कसैले विष हालिदिएको आशंका गरिएको छ। श्रेष्ठले भने, “ठूला माछा पानीको सतहमै तैरिरहेका थिए, जसलाई निकाल्न सकियो। तर धेरै माछा खाडीभित्रै मरेका छन्। मेरो यत्रो लगानी डुबेको छ।”

श्रेष्ठले वि.सं. २०७२ सालदेखि घरपछाडि खाडी सञ्चालन गर्दै आएका छन्। उनका अनुसार प्रत्येक सिजन करिब १५० केजी माछा उत्पादन हुने गरेको थियो। खाडीका अर्का सञ्चालक दुर्गा श्रेष्ठका अनुसार खाडीमा कमन कार्प, ग्रास कार्प, रहुँ, नैनी र सिल्भर कार्प जातका करिब ९० केजीभन्दा बढी माछा थिए।

वडा नम्बर २ का वडाध्यक्ष राजनकुमार कडेलले फोनमार्फत प्रतिक्रिया दिँदै किसानको क्षति दुःखद भएको बताए। उनले घटनाको अनुसन्धान भइरहेको र क्षतिको विवरण संकलनपछि आवश्यक राहत उपलब्ध गराइने जानकारी दिए। उनका अनुसार उर्लाबारी नगरपालिकाबाट कृषकलाई विभिन्न दुर्घटना तथा क्षतिको अवस्थामा ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म राहत प्रदान गरिँदै आएको छ।

हाल उर्लाबारी प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का तयार गर्ने तयारीमा छ। सञ्चालकद्वय श्रेष्ठका अनुसार उक्त घटनाबाट करिब ५५ हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ |

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

उर्लाबारीमा माछा खाडीमा विष हालिएको आशंका,सयौं माछा मृत अवस्थामा फेला

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

उर्लाबारीमा माछा खाडीमा विष हालिएको आशंका,सयौं माछा मृत अवस्थामा फेला

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

उर्लाबारीमा माछा खाडीमा विष हालिएको आशंका,सयौं माछा मृत अवस्थामा फेला

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

उर्लाबारीमा माछा खाडीमा विष हालिएको आशंका,सयौं माछा मृत अवस्थामा फेला

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

उर्लाबारीमा माछा खाडीमा विष हालिएको आशंका,सयौं माछा मृत अवस्थामा फेला

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

उर्लाबारीमा माछा खाडीमा विष हालिएको आशंका,सयौं माछा मृत अवस्थामा फेला

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.