कान्तिलोकपथ १५ दिन बन्द,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

मकवानपुर। हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दूरीको कान्ति लोकपथ हिजो बिहिबारदेखि १५ दिनका लागि बन्द भएको छ। सडक मर्मतको काम भइरहेकाले वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक ६ घण्टा यो सडक बन्द रहने बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ।

प्रहरीका अनुसार ठिंगन–बगुवा सडक खण्डको भ¥याङडाँडामा सडक चौडा बनाउनका लागि चट्टान काट्ने काम सुरु भएकाले बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सवारी साधन चलाउन पाइने छैन।

यस अवधिमा हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्ने सवारी साधनहरूलाई अन्य वैकल्पिक सडक प्रयोग गर्न सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कंडेलले अनुरोध गर्नुभएको छ।

कान्ति लोकपथ सडक आयोजना, चाकुपाट, ललितपुरले निर्माण कम्पनीमार्फत बकैया गाउँपालिकामा पर्ने ठिंगन–बगुवा सडक खण्डमा सडक चौडाईको काम गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.