यात्रुवाहक बोलेरो दुर्घटना हुँदा ६ जना गम्भीर घाइते

मकवानपुर । राक्सिराङ गाउँपालिका-९ अठारेस्थित भित्री सडकखण्डमा यात्रुवाहक सवारीसाधन दुर्घटना भएको छ । दुर्घटनामा परि नौ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर छ ।

मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको सवारीसाधन बोलेरो बिहान दुर्घटना हुँदा राक्सिराङ-९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उनका पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा ५० वर्षका सूर्य अधिकारी, १४ वर्षका कुमार तामाङ र २८ वर्षका सुजन तामाङलाई भने सामान्य चोट लागेको छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक भरतकुमार खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

यात्रुवाहक बोलेरो दुर्घटना हुँदा ६ जना गम्भीर घाइते

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

यात्रुवाहक बोलेरो दुर्घटना हुँदा ६ जना गम्भीर घाइते

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

यात्रुवाहक बोलेरो दुर्घटना हुँदा ६ जना गम्भीर घाइते

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

यात्रुवाहक बोलेरो दुर्घटना हुँदा ६ जना गम्भीर घाइते

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

यात्रुवाहक बोलेरो दुर्घटना हुँदा ६ जना गम्भीर घाइते

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

यात्रुवाहक बोलेरो दुर्घटना हुँदा ६ जना गम्भीर घाइते

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.